धनगढी

प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर भित्र्याउने गरेको पाइएको छ । "/>

प्रदेश राजधानीमै तस्करीका सामान छ्यापछ्याप्ती

प्रदेश राजधानीमै तस्करीका सामान छ्यापछ्याप्ती

केन्द्रबिन्दु
0
Shares

धनगढी

प्रदेश ७ को राजधानी धनगढी बजारमा बेचिने अधिकांश भारतीय सामान भन्सार छलेर भित्र्याउने गरेको पाइएको छ । बजारमा बेचिने कपडा देखि हार्डवेयरका ९० प्रतिशत सामान भन्सार छलेर नेपाल ल्याउने गरिएकोे छ । सुदूर पश्चिमका व्यापारी नाकामा पनि यस्तै अवस्था छ । कैलाली जिल्लाको एक सय एक किलोमिटर भारतसँग जोडिएको छ । ‘तयारी कपडा, थानको कपडा, मोटरपार्टस्, हार्डवेयर र भाँडाकुँडाका सामान ९० प्रतिशत चोरी तस्करीबाट भित्रिरहेको छ’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी गोपीकृष्ण उप्रेतीले भने, ‘धनगढी बजारका हार्डवेयर, भाँडाकुँडा र कपडाका पसलमा बेचिने भारतीय सामानको १० प्रतिशत मात्रै भन्सार हुने गरेको छ ।’

थानमा भएको कपडामा ३० प्रतिशत, रेडिमेड कपडामा ४० प्रतिशत र मोटरपार्टस तथा हार्डवेयरको सामानमा ४५ प्रतिशत भन्दा बढी भन्सार महशुल तोकिएको छ । वार्षिक पौने चार अर्ब भन्सार राजस्व लक्ष्य तोकिएको कैलाली भन्सारमा बढी भन्सार लाग्ने सामान चोरी तस्करी भइरहेको हो । धनगढी देखि टीकापुरसम्म दुई सय ३५ वटा हार्डवेयर पसल संघमा दर्ता छन् । एक सय भन्दा बढी व्यवसायीले संघको सदस्यता नलिएका हार्डवेयर संघ कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए । उनले भने, ‘हार्डवेयरको सामानमा फलामे छड र सिमेन्ट बाहेकका सबै सामान भारतबाटै आयात हुन्छ ।’

प्रदेश नम्बर ७ का महाकाली र सेती अञ्चल यातायात व्यवस्था कार्यालयको तथ्यांकका आधारमा सवा लाख सवारीसाधन दर्ता छन् । कैलाली र आसपासमा ती सवारीसाधनमा लाग्ने पार्टस तीन सय भन्दा बढी पसल छन् । ‘यी सबैजसो सामान भन्सार छलेर आइरहेका छन्’, कैलाली भन्सार कार्यालयका सूचना अधिकारी उप्रेतीले भने । कैलाली भन्सार कार्यालयले साउन यता हार्डवेयरका सामानको तीन करोड ३० लाख, कपडाको १९ लाख, र मोटस पार्टसको ४६ लाख मात्रै भन्सार संकलन गरेको छ । मासिक अनुपातमा ३४ करोड राजस्व संकलन लक्ष्य पाएको कैलाली भन्सार कार्यालयमा यी सामान नगन्य आउने गरेको भन्सार कार्यालयको ठहर छ ।
अन्नपूर्णबाट

Logo