काठमाडौँ

नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सुचीमा परेको छ । "/>

नेपालका ३ वटा नोट संसारकै उत्कृष्ट नोटको सुचीमा छनोट !

नेपालका ३ वटा नोट संसारकै उत्कृष्ट नोटको सुचीमा छनोट !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपालका तीन ओटा नोट तथा एउटा सिक्का संसारकै सुन्दर आकृति भएको नोटको सुचीमा परेको छ । बेलायतबाट प्रकाशित हुने बिश्व प्रसिद्ध अन्तर्राष्ट्रिय समाचारपत्र द टेलिग्राफले ‘वल्र्डस् मोस्ट ब्युटीफुल करेन्सीज’ को सूचीमा नेपाली १ रुपैयाँ, ५ रुपैयाँ र ५ सय रूपैयाँ नोटलार्इ संसारका सबैभन्दा सुन्दर नोटको सूचीमा राखेको हो ।

टेलिग्राफले नेपाली पैसामा भएको अनौठो आकृतिका आधारमा २ रुपैयाँको सिक्कालाई पनि संसारकै उत्कृष्ट करेन्सीको सूचीमा राखेको छ । संसारका बिभिन्न २२ पैसा मध्ये नेपाली ३ नोट र १ सिक्का पनि सूचीमा परेको हो । नेपाली एक रूपैयाँको नोटमा कुद्दै गरेका २ वटा मृगका बच्चाको तस्बिर छ भने ५ रूपैयाँमा दुर्इ वटा चौरी गार्इ र पाँच सयको नोटमा एक जोडी पाटे बाघको चित्र छ । दुर्इ रूपैँयाको सिक्कामा भने एकपट्टी जोत्दै गरेको किसान र अर्कोपट्टी सगरमाथाको चित्र अङ्कित छ ।
नेपाल समाचारपत्रबाट

Logo