काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्ष देखि व्यापार घाटा घट्ने बताएका छन् । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र ०७४ बालुवाटारमा ग्रहण गर्दै उनले भने – “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ । "/>

व्यापारघाटा यस वर्ष देखि नै घट्छ : प्रम ओली

व्यापारघाटा यस वर्ष देखि नै घट्छ : प्रम ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
प्रधानमन्त्री केपी शर्मा ओलीले यसै आर्थिक वर्ष देखि व्यापार घाटा घट्ने बताएका छन् । नेपाल उद्योग परिसंघले तयार गरेको आर्थिक समृद्धिको मार्गचित्र ०७४ बालुवाटारमा ग्रहण गर्दै उनले भने – “व्यापार घाटा घटाउन सरकारले विशेष योजना ल्याउँछ ।”

प्रधानमन्त्री ओलीले यसका लागि उपभोग्य वस्तुको उत्पादन, उपभोग आदतमा परिवर्तन र निर्यातजन्य वस्तुको उत्पादनमा जोड दिने नीति कार्यान्वयन गर्नु पर्छ भन्दै नेपाली उपभोग्य सामानका लागि छिमेकमा ठूलाठूला बजार रहेकाले निर्यातमा समस्या नहुने बताए । उनले भने, “हामीले उत्पादन गरेका सामाग्रीका लागि बजारको अभाव छैन, कृषिमा आधुनिकीकरण गरेर उच्च उत्पादकत्व बढाउनु पर्दछ ।”

देशलाई समृद्धिको मार्गमा अघि बढाउन सरकार र निजी क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब बन्द र हडतालको समय सकिएकाले निर्वाध ढंगले लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे । परिसंघका अध्यक्ष हरिभक्त शर्माले विकास र समृद्धिका लागि परिसंघले तयार गरेको सुझाव सहितको मार्गचित्र प्रस्तुत गर्दै त्यसको कार्यान्वयनका लागि सरकारसँग आग्रह गरे ।
रासस

Logo