विराटनगर
अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उनले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे । "/>

लहडवाजीमा शेयर बजारमा लगानी नगर्न अर्थमन्त्रीको आग्रह

लहडवाजीमा शेयर बजारमा लगानी नगर्न अर्थमन्त्रीको आग्रह

केन्द्रबिन्दु
0
Shares

विराटनगर
अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान सरकार निजी क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएका छन् । मोरङ व्यापार संघ र उद्योग संगठन मोरङद्वारा संयुक्त रुपमा आयोजित भेटघाट एवं छलफल कार्यक्रममा उनले वर्तमान अवस्थामा मुलुकमा आवश्यक लगानीका लागि १४ खर्व आवश्यक भएकाले निजी क्षेत्रको सहयोग आवश्यक रहेको प्रष्ट पारे ।

उनले ठूला आयोजना निर्माणका लागि निजी क्षेत्रलाई आह्वान गर्दै यसको निर्माणमा देखिने विभिन्न समस्या समाधान गर्न सरकारले फाष्ट ट्रयाकबाट कार्य गर्ने बताए । अर्थमन्त्री खतिवडाले सार्वजनिक निजी मोडलमा औद्योगिक विकास क्षेत्र निर्माण गर्न उद्योगीलाई आग्रह गर्दै यसमा सरकार सहकार्य गर्न तयार रहेको बताए । उनले बैंकको व्याजदर परिवर्तनले उद्यमीलाई मर्का परेको बताउँदै उद्योगमा बैंकले लगानी गर्दा एउटा निश्चित समय तोकी व्याजदर निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले स्वदेशी गुणस्तर उत्पादन हुने वस्तु विदेशवाट आयात नगर्न व्यापारीलाई आग्रह गर्दै यसबाट यहाँ संचालित उद्योगका काम गर्ने नेपालीको रोजगारी खोसिने बताए । प्रधानमन्त्रीको आगामी भारत भ्रमणमा नेपालमा रहेको प्रतिबन्धित पाँच सय र एक हजार भारतीय रुपैयाँका समस्या समाधानका विषयमा पनि कुरा हुने उनले बताए ।

मन्त्री खतिवडाले असमान कार्य गर्नेबाट असमान कर नै असुल हुने र असल करदाता राज्यको सम्मानित नागरिक भएकाले उनीहरुको सम्मान हुने बताए । उनले भन्सारका कर्मचारीले मुस्कान सहितको काम गर्ने भएकाले सोही अनुसार व्यापारीले इमान्दारीका साथ कर वुझाउन पर्नेमा जोड दिँदै कुनै अन्य दस्तुर नबुझाउन समेत आग्रह गरे । अर्थमन्त्री खतिवडाले बजारको माग र पूर्तिको सिर्जनाका कारण शेयरको समस्या उत्पन्न भएको बताउँदै लहडवाजीमा शेयर लगानी नगर्न आग्रह गरे । उनले निजी क्षेत्रबाट निर्माणाधीन पूर्वाधारमा विदेशी होइन स्वदेशी गुणस्तरीय सामाग्रीको प्रयोग गर्नु पर्नेमा जोड दिए ।
रासस

Logo