काठमाडौं
विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीन बीच पछिल्ला दिनमा बढेको व्यापारिक विवादको असर सुन बजारमा देखिएको छ । "/>

किन वढ्दैछ सुनको मुल्य ? यस्तो छ कारण…!

किन वढ्दैछ सुनको मुल्य ? यस्तो छ कारण…!

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विश्वका दुई ठूला शक्ति राष्ट्र अमेरिका र चीन बीच पछिल्ला दिनमा बढेको व्यापारिक विवादको असर सुन बजारमा देखिएको छ । विश्व बजारमा लगानीकर्ताले आफ्नो लगानी सुरक्षित गर्न सुन रोज्दा दुई दिनमा प्रतितोला झन्डै एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ५७ हजार चार सय रुपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार पाँच सय रुपैयाँ बढेर ५७ हजार नौ सय पुगेको थियो । शुक्रबार त्यसमा चार सय थपिएर ५८ हजार तीन सय रुपैयाँ प्रतितोला पुग्यो । शुक्रबारको तुलनामा आइतबार प्रतितोला दुई सय रुपैयाँ बढेर ५८ हजार पाँच सय रुपैयाँमा किनबेच भएको छ । आगामी केही दिनमा सुनको मूल्य भारी रुपमा बढ्न सक्ने विश्लेषकले बताएका छन् ।

पछिल्लो समय अमेरिका र चीनबीच व्यापारिक गतिरोध उत्पन्न भएको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । ‘त्यसैका कारण लगानीकर्ता सुनमा आकर्षिक भएका छन्,’ शाक्यले भने, ‘आफ्नो लगानी सुरक्षित गर्न सुन किन्नेको संख्या बढेको छ ।’ अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै स्थानीय बजारमा यसको असर परेको हो ।
शाक्यका अनुसार शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस एक हजार तीन सय ४२ डलर थियो । अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य एक हजार चार सय अमेरिकी डलर सम्म पुग्न सक्ने विश्लेषण भइरहेको शाक्यले बताए । विश्व बजारमा भएको अनुमान अनुसार सुनको मूल्य प्रतिऔंस एक हजार चार सय डलर सम्म पुगेमा नेपाली बजारमा प्रतितोला ६० हजार रुपैयाँ सम्म पुग्ने शाक्यको भनार्इ छ ।
नागरिकबाट

Logo