विराटनगर
सरकारले लगानी भित्र्याएर रोजगारी सिर्जना र व्यापारघाटा कम गर्ने बताइरहेका बेला पूर्वको व्यापारघाटाको तथ्यांकको उचार्इ भने ह्वात्तै बढ्दै गएको छ । "/>

६ महिनामा पूर्वको मात्र व्यापारघाटा ८६ अर्ब भन्दा बढी

६ महिनामा पूर्वको मात्र व्यापारघाटा ८६ अर्ब भन्दा बढी

केन्द्रबिन्दु
0
Shares

विराटनगर
सरकारले लगानी भित्र्याएर रोजगारी सिर्जना र व्यापारघाटा कम गर्ने बताइरहेका बेला पूर्वको व्यापारघाटाको तथ्यांकको उचार्इ भने ह्वात्तै बढ्दै गएको छ । सबैजसो दलले चुनावी घोषणापत्रमा औद्योगिक वातावरण सिर्जना गरी व्यापारघाटा कम गर्ने उल्लेख गरेका छन् । त्यति मात्रै होइन स्वदेशमै रोजगारीको अवसर प्रदान गर्ने विषयलाई पनि प्रमुखताका साथ उठाएका छन् । तर चालू आर्थिक वर्षको ६ महिनामा पूर्वको मात्र झण्डै १ खर्ब व्यापारघाटा भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र क्षेत्रीय कार्यालय विराटनगरका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा ८६ अर्ब २७ करोड ६३ लाख व्यापारघाटा पुगेको छ । व्यापारघाटा रोक्नका लागि सरकारले प्रभावकारी कदम नचालेको उद्योगीहरू बताउँछन् ।

गत वर्षभन्दा यो वर्ष व्यापारघाटा अझै बढ्ने सम्भावना बढेको छ । पूर्वका विभिन्न नाकाबाट १ खर्ब २ अर्ब ९५ करोड रुपैयाँ बराबरका वस्तुहरू आयात भएको छ । आयात भएका वस्तु मध्ये करिब ६१ अर्बको वस्तुहरू भारतबाट आयात भएको छ । तथ्यांक अनुसार नेपालबाट १५ अर्ब ८१ करोड ९१ लाख ९५ हजार रुपैयाँका वस्तुहरू मात्रै निर्यात भएको छ । “व्यापारघाटा बढ्दै जानु अवश्य पनि मुलुकका लागि राम्रो होइन,” कार्यालयका प्रमुख कृष्ण रेग्मी भन्छन्, “यो त ६ महिनाको घाटा हो । पूरै आर्थिक वर्षभरि डेढ खर्ब नाघ्ने अवस्था छ ।”

सबैभन्दा बढी २ अर्ब ५९ करोड रुपैयाँको धागो र टेक्सटाइल निर्यात भएको छ । यस्तै २ अर्ब ५८ करोड रुपैयाँको आइरन एण्ड स्टील्सका सामान, २ अर्ब ५५ करोडको अलैंची, १ अर्ब ९१ करोडको चिया, १ अर्ब ३ करोडको जुटका बोरा, १ अर्ब ६३ करोडको जुट, ४५ करोडको मुसुरो, १२ करोड रुपैयाँको भैंसीको मासु निर्यात भएको छ । प्रमुख रेग्मीका अनुसार ६ महिनाको अवधिमा पूर्वी नाकाबाट १७ अर्ब रुपैयाँको आइरन एण्ड स्ट्रील्सका सामान आयात भएको छ । यस्तै १४ अर्ब ३५ करोड रुपैयाँको पेट्रोलियम, ६ अर्ब ५३ करोडको जनावरको बोसो, ४ अर्ब ४९ करोडको गेडागुडी, ६ अर्ब ७३ करोडको प्लाष्टिक अयात भएको छ । ४ अर्ब २७ करोडको खाद्यमल, ४ अर्ब ८८ करोडको मेसिनरी ३ अर्ब ८२ करोडको दाल, ३ अर्ब २७ करोडको चिनी आयात भएको छ ।
कारोबारबाट

Logo