सान्जेन जलविद्युत कम्पनीमा आवेदन दिने सबैले शेयर पाउने भएका छन् । कम्पनीले लगानीकर्तालाई कम्तिमा ४० कित्ता शेयर दिने भएको हो । "/>

सान्जेनको आइपीओ सबैले पाउने, यसकारण भयो ढिलो

सान्जेनको आइपीओ सबैले पाउने, यसकारण भयो ढिलो

केन्द्रबिन्दु
0
Shares

सान्जेन जलविद्युत कम्पनीमा आवेदन दिने सबैले शेयर पाउने भएका छन् । कम्पनीले लगानीकर्तालाई कम्तिमा ४० कित्ता शेयर दिने भएको हो ।

कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ताका लागि सेयर बिक्री खुला गरिएकोमा साञ्जेनमा मात्रै १ लाख ८६ हजारले आवेदन दिएका थिए । सबैले सेयर पाउने भएकाले बाँडफाँडमा ढिलाई भएको छ ।

रसुवामा निर्माण भइरहेको ५७.३ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भएको छ । आवेदकबाट ४ अर्ब २० करोड रुपैयाँ संकलन भएको छ । सञ्चयकर्ताका लागि छुट्याइएको ७१ करोड १७ लाख रुपैयाँको सेयरका लागि कम्पनीले ७१ लाख १७ हजार ५ सय कित्ता सेयर निष्कासन गरेको थियो ।

यसैबीच कम्पनीले गत सोमबारदेखि संस्थापक संस्थाका कर्मचारीलाई शेयर बिक्री सुरु गरेको छ ।

Logo