काठमाडौँ
वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरण समेत हुन नसक्दा आयात–निर्यात अनुपात फराकिलो बन्दै गएको हो । "/>

नेपालको वस्तु आयात र निर्यातमा आकाश-जमिनको फरक

नेपालको वस्तु आयात र निर्यातमा आकाश-जमिनको फरक

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
वैदेशिक व्यापारमा नेपालले ७ रुपैयाँ बराबरको वस्तु निर्यात गरेर ९३ रुपैयाँ बराबरको आयात गरिरहेको छ । नेपालमा उत्पादन कम हुने र उत्पादित वस्तुको बजारीकरण समेत हुन नसक्दा आयात–निर्यात अनुपात फराकिलो बन्दै गएको हो । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपालले ६ खर्ब ६१ अर्ब रुपैयाँको आयात गरेर ४७ अर्ब ५० करोड रुपैयाँको निर्यात गरेको छ ।

यसरी आयात बढ्दै गए पनि सोही अनुपातमा निर्यात बढ्न नसक्दा मुलुकको व्यापारघाटा चुलिँदो अवस्थामा रहेको तथ्यांकले देखाएको छ । स्थानीय उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न नसक्नु, आयात प्रतिस्थापन गर्न सरकारसँग कुनै ठोस योजना नहुनु र भएका योजनाको पनि कार्यान्वयनमा समस्या लगायतका कारणले आयात दिनप्रतिदिन बढ्दै गएको छ ।

“सात महिनामा कृषिजन्य वस्तुको आयातमात्र ११.४३ प्रतिशतले बढेको छ,” उनले भने, “स्थानीय स्तरमा उत्पादन गर्न सकिने वस्तुको उत्पादन बढाएर आयात प्रतिस्थापन गरे मात्र व्यापार घाटा कम गर्न सकिन्छ ।” मुलुकको बढ्दो व्यापारघाटा कम गर्न अन्तरसरकारी निकायको समन्वय अतिआवश्यक रहेको उनको भनार्इ छ । केन्द्रका अनुसार यस अविधिमा सबैभन्दा धेरै ८५ अर्ब २६ करोडको पेट्रोलियम पदार्थ, ७० अर्बको मेशिनरी तथा पार्टस, ६९ अर्ब ३६ करोडको फलाम तथा स्टील र तिनका उत्पादन, ४९ अर्ब ८४ करोडको यातायातका साधन, २५ अर्बको विद्युतीय सामग्री १६ अर्बको औषधि आयात भएको छ ।

यस्तै २० अर्बका दूरसञ्चार सामग्री, १७ अर्ब ७३ करोडको सुन, ६ अर्ब ९१ करोडको चाँदी, १३ अर्ब ५० करोडको सिमेन्ट क्लिङ्कर र २३ अर्ब ४३ करोडको खाद्यान्न आयात भएको छ । आयातदर बढ्दै गएपछि सात महिनामा मुलुकको व्यापारघाटा १९।१ प्रतिशतले बढेर ६ खर्ब १३ अर्ब ७२ करोड पुगेको केन्द्रको तथ्याङले देखाएको छ ।
कारोबारबाट

Logo