काठमाडौं
संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ । "/>

७ अर्बको सामानमा भन्सार छली !

७ अर्बको सामानमा भन्सार छली !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ । चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला परेको हो ।

खुला सिमाना र भन्सारको खुकुलोपनाको फाइदा उठाएर पाँच महिनामा ६ अर्ब ८८ करोड रुपैयाँको सामान भारतबाट बिना भन्सार नेपाल आएको छ । भारतको वाणिज्य विभागमा अभिलेख भएको तर नेपालको भन्सारमा अभिलेख नभएको सामानको अन्तर निकाल्दा यस्तो पाइएको हो । नेपालले भारतबाट आयात गरेको र भारतले निर्यात गरेको तथ्यांकबीचको फरकले यस्तो देखाएको हो ।

सन् २०१७ को अन्तिम पाँच महिना अर्थात् अगस्ट देखि डिसेम्बर सम्म भारतबाट नेपालमा तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ बराबरको सामान आयात भएको छ । सोही अवधिमा नेपाली भन्सारमा भने तीन खर्ब पाँच अर्ब १६ करोड रुपैयाँको सामान आयात भएको देखिन्छ । भारतीय वाणिज्य विभागको तथ्यांकमा यो अवधिमा एक खर्ब ७४ अर्ब १४ करोड भारतीय रुपैयाँ बराबरको सामान नेपाल आएको देखिन्छ । यसलाई नेपाली रुपैयाँमा रुपान्तरण गर्दा दुई खर्ब ७८ अर्ब ६३ करोड रुपैयाँ हुन आउँछ।

भन्सार विभागका निर्देशक तथा सूचना अधिकारी शिव भण्डारी भारतबाट आयात गरिएका सामानमा १२ प्रतिशत ढुवानी भाडा र बिमा खर्च जोडेर भन्सार गर्ने गरेको बताउँछन् । उनी भन्छन्, ‘भाडा र बिमाको खर्च आयातित सामानको मूल्यमै जोडिन्छ। त्यसपछि मात्र भन्सारको अभिलेखमा सामानको आयात मूल्य कायम हुन्छ।’ भाडा र बिमालाई जोडेको रकम समावेश गर्दा सन् २०१७ को पछिल्लो पाँच महिनामा भारतबाट आयात भएको सामानको मूल्य तीन खर्ब १२ अर्ब चार करोड रुपैयाँ हुन आउँछ । विभागका निर्देशक भण्डारी भारतबाट नेपालमा अनौपचारिक रूपमा सामान आउने भएकाले उताबाट आएको भन्दा कम सामान भन्सारमा अभिलेख भएको बताउँछन् ।
अन्नपूर्णबाट

Logo