काठमाडौं
चालू आर्थिक वर्ष ०७४, ७५ का लागि प्रदेश सरकारहरूले बजेट बनाउन सुरु गरेका छन् । आर्थिक वर्ष सकिन चार महिना भन्दा कम समय रहेको अवस्थामा प्रदेशहरूले संघीय बजेटबाट छुट्याइएको समानीकरण अनुदानलाई मात्र समेटेर बजेट बनाउँदै छन् । "/>

एक–एक अर्बको बजेट प्रस्तुत गर्दै प्रदेश अर्थमन्त्रीहरु

एक–एक अर्बको बजेट प्रस्तुत गर्दै प्रदेश अर्थमन्त्रीहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
चालू आर्थिक वर्ष ०७४, ७५ का लागि प्रदेश सरकारहरूले बजेट बनाउन सुरु गरेका छन् । आर्थिक वर्ष सकिन चार महिना भन्दा कम समय रहेको अवस्थामा प्रदेशहरूले संघीय बजेटबाट छुट्याइएको समानीकरण अनुदानलाई मात्र समेटेर बजेट बनाउँदै छन् । अर्थ मन्त्रालयका अनुसार प्रदेशहरूले चैत मसान्तसम्म संसदमा पेस गर्ने योजना सहित सबै प्रदेशमा चालू आवको बजेट बनाउने काम सुरु भइसकेको छ । चालू आवको संघीय बजेट आइसकेपछि गठन भएका प्रदेश सरकारहरूले बजेट नबनाए सम्म सञ्चित कोषमा गएको रकम खर्च गर्न पाउँदैनन् ।

यस वर्षको बजेट मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले नै प्रस्तुत गर्ने प्रमुख सचिव यादवप्रसाद कोइरालाले जानकारी दिए । प्रदेश सभाले आर्थिक कार्यविधि ऐन पारित नगरेकाले यस वर्ष मुख्यमन्त्रीको कार्यालयले नै बजेट निर्माण गरिरहेको प्रमुख सचिव कोइरालाले बताए । आगामी वर्ष देखि नियमित प्रक्रियाबाट बजेट निर्माण हुने उनले बताए  ।

प्रदेश सरकारको बजेट निर्माण तथा त्यसपछिका प्रक्रियामा केन्द्र सरकारले सहजीकरण गरिरहेको छ । यसमा अभिमुखीकरण तालिम तथा विभिन्न नमुना कानुन र दिग्दर्शन बनाएर समेत केन्द्रले सहजीकरण गरिरहेको छ ।
नयाँ पत्रिकाबाट

 

Logo