काठमाडौँ
केन्द्रीय बैंकका अनुसार ०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३ प्रतिशत रहेकामा ०७४ माघ महिनामा बढेर पाँच प्रतिशत कायम भएको छ । "/>

यसकारण गत वर्ष भन्दा महँगी बढ्यो

यसकारण गत वर्ष भन्दा महँगी बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
केन्द्रीय बैंकका अनुसार ०७३ माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.३ प्रतिशत रहेकामा ०७४ माघ महिनामा बढेर पाँच प्रतिशत कायम भएको छ । समीक्षा अवधिमा खाद्य वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र मुद्रास्फीति गत वर्षको तुलनामा बढी रहेको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा खाद्य मुद्रास्फीति चार प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खाद्य मुद्रास्फीति ०.२ प्रतिशतले ऋणात्मक थियो । गत वर्षको तुलनामा यस समूह अन्तर्गतको तरकारी, दुग्धजन्य पदार्थ तथा अण्डा, फलफूल, मासु तथा माछा, घ्यू तथा तेल लगायतका वस्तुको मूल्यमा वृद्धि भएका कारण समग्र खाद्य मुद्रास्फीति बढ्न गएको हो । गत वर्ष भन्दा तरकारीमा २५.५ प्रतिशतले मूल्यवृद्धि भएको छ । यस्तै दुग्धजन्य पदार्थ र अण्डामा ७.७ प्रतिशत, फलफूलमा ३.८ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

वैदेशिक व्यापार चालू आवको सात महिनामा कूल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई ४७ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १५.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारततर्फ १२.४ प्रतिशत, चीनतर्फ ७२.३ प्रतिशत र अन्य मुलुकतर्फ १० प्रतिशतले निर्यात बढेको छ । वस्तुगत आधारमा पशुआहार, जुटका सामान, वनस्पति घ्यू, धागो, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, जिआइ पाइप, ऊनी गलैँचा, तामाका तार लगायतका वस्तुको निर्यात घटेको छ ।

समीक्षा अवधिमा कूल वस्तु आयात १८.९ प्रतिशतले बढेर ६ खर्ब ६१ अर्ब २३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात १८.७ प्रतिशत, चीनबाट भएको आयात १९.७ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १८.९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, मेशिनरी तथा पार्टपुर्जा, यातायातका साधन, सुन, पोलिथिन ग्रेनियुल्स लगायतका वस्तुको आयात बढेको छ भने कृषि औजार, हवाइजहाजका पार्टपुर्जा, सेनिटरी सामान जिंक लगायतका वस्तुको आयात घटेको छ ।
नेपाल समाचारपत्रबाट

 

Logo