काठमाडौं
सरकारको खर्च खातामा बजेटरी प्रणाली भित्रको रकम सकिएको छ । बजेट स्रोतबाट जुट्नु पर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ । "/>

राजस्व नउठेसँगै सरकारको खर्च खाता ऋणात्मक

राजस्व नउठेसँगै सरकारको खर्च खाता ऋणात्मक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
सरकारको खर्च खातामा बजेटरी प्रणाली भित्रको रकम सकिएको छ । बजेट स्रोतबाट जुट्नु पर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ । बजेटले सोचे जति वैदेशिक सहायता/अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो । शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो । सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र आन्तरिक ऋणलाई आम्दानीका रूपमा परिभाषित गरिएको छ । यो रकम शुक्रबार साँझ सम्म सबै सकिएको कार्यालयका उपमहालेखा नियन्त्रक यदु भट्टराईले जानकारी दिए ।

स्थानीय तहले पाउने वित्तीय हस्तान्तरणको अन्तिम किस्ता पठाउन थालेपछि सरकारी खर्च खाता ऋणात्मक भएको हो । आइतबार स्थानीय तहको सबै अनुदान गैसक्ने भएकाले बजेट प्रणालीको रकम सकिएर ५० अर्ब घाटामा जाने अनुमान कार्यालयले शुक्रबार नै गरेको थियो । तर बजेट पठाउने प्रक्रियामा सिथिलता आएका कारण आइतबार सम्म स्थानीय निकायमा २३ अर्ब अनुदान मात्र गएको छ । ७५ अर्ब मध्ये ५२ अर्ब स्थानीय निकायलाई पठाउन बाँकी छ ।

बजेटरी प्रणाली अन्तर्गतको खर्च गर्ने रकम नभए पनि सरकारको ढुकुटीमा भने अझै दुई खर्ब ७९ अर्ब रुपैयाँ छ ।’, उपमहालेखा नियन्त्रक भट्टराईले भने ‘यही रकमबाट सरकारले हालको गर्जो टार्नेछ । पछि रकम संकलन भएपछि ढुकुटीमा शोधभर्ना गरिनेछ । अहिलेलाई खर्च गर्ने रकम सकिए पनि ओभर ड्राफ लिनु पर्ने अवस्था आएको छैन ।’ सरकारी ढुकुटीमा रहेको रकम मध्ये २४ अर्ब धरौटीको हो । यो शीर्षकमा ठेकेदार र विभिन्न मुद्दाको धरौटी बापतको रकम राखिन्छ । विभिन्न कोषको नौ अर्ब रकम छ । ७३ अर्ब स्थानीय निकायको रकम सरकारी खातामा छ भने पुनर्निर्माणको २८ अर्ब पनि त्यतिकै छ ।
अन्नपूर्णबाट

Logo