एनसीसी बैंक घोटाला काण्ड : पक्राउ परेका १३ जनामाथि प्रहरीको १२ आरोप

एनसीसी बैंक घोटाला काण्ड : पक्राउ परेका १३ जनामाथि प्रहरीको १२ आरोप

केन्द्रबिन्दु
0
Shares

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिअाइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) मा छापा मारेर पक्राउ गरेका १३ जना उच्च अधिकारीमाथि १२ मुख्य आरोप लगाएको छ । बैंकको केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसिरहँदा सिअाइबीले छापा मारेर उनीहरुलाई पक्राउ गरेकाे हो । 

यस अघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिअाइबीले ति अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो।तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला गरेको सिआईबीले जनाएको छ । 

१२ आरोप 
 
१. कृत्रिम ऋणीहरु खडा गरेको ।
 
२. निश्चित क्षेत्रको कमसल जमीनमा विभिन्न ऋणीहरु खडा गरी कर्जा अधिक केन्द्रित गरेको ।
 
३. ऋणीको नक्कली आयस्रोत सम्बन्धी विवरणहरूलाई स्वीकृत गर्ने गरेको ।
 
४. मोटरबाटो नभएको भिरालो पाखो बारी, खेत, वन क्षेत्र भएको जग्गामा बाटो भएको प्रमाणित गरेको ।
 
५. धितो निरीक्षण नगरि कर्जा दिने निर्णय ।
 
६. एकै दिनमा जग्गा किनबेच,रोक्का, कर्जा तमसुक, कर्जा प्रवाह।
 
७. धेरै ऋणीको नाममा धेरै कर्जा  प्रवाह।
 
८.  साक्षीहरु समेत नराखी कर्जा प्रवाह।
 
९. सावा र ब्याज नियमित रुपमा भुक्तान नगरेका ऋणीहरुलाई पुन: दोस्रो कर्जा प्रवाह ।
 
१०. एउटै व्यक्तिहरु संचालक हुने र पुराना खराब ऋणीहरूलाई संरक्षण ।
 
११. निक्षेप कर्ताको निक्षेपको सुरक्षालाई भन्दा ऋणीको सुविधालाई ध्यान दिई कर्जा दुरुपयोग ।
 
१२ धितो मूल्यांकन प्रतिवेदनहरु यथार्थपरक नरहेको
 

पक्राउ पर्नेहरु 

१. बिष्णुप्रसाद धिताल- अध्यक्ष, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक  

२. ईच्छा बहादुर गुरुङ्- संचालक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक  

३. सुबर्ण राज भण्डारी- संचालक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

४. मधुवन लाल श्रेष्ठ- संचालक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

५. ऋषि राज भट्ट- निमित्त कार्यकारी अधिकृत, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

६. दुर्गा दत्त जोशी- बरिष्ठ प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

७. रामचन्द्र बसौला- सहायक महाप्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

८. बिकास श्रेष्ठ- शाखा प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक, लोकन्थली 

९. सागर न्यौपाने- लोकन्थली शाखा प्रमुख, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

१०. मान बहादुर राउत- शाखा प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

११. बिनितमणि उपाध्याय- सहायक महाप्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक 

१२. मोहन खरेल- कर्जा अधिकृत, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

१३. सुदिप थापा- शाखा प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

Logo