एनसीसी बैंक घोटाला काण्ड : यी हुन् पक्राउ परेका १३ जना (नामावलीसहित)

एनसीसी बैंक घोटाला काण्ड : यी हुन् पक्राउ परेका १३ जना (नामावलीसहित)

केन्द्रबिन्दु
0
Shares

प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सिअाइबी)ले एनसीसी बैंक (नेपाल क्रेडिट एण्ड कमर्श बैंक लिमिटेड) मा छापा मारेर १३ जना उच्च अधिकारीलाई पक्राउ गरेको छ । बैंकको केन्द्रीय कार्यालय बागबजारमा शुक्रबार बोर्ड बैठक बसिरहँदा सिअाइबीले छापा मारेर उनीहरुलाई पक्राउ गरेकाे हो । 

यस अघि एनसीसीसँग गाभिएको एपेक्स डेभलपमेन्ट बैंक लगायतका बैंकमा भएको घोटालाको अनुसन्धानका लागि सिअाइबीले ति अधिकारीहरुलाई नियन्त्रणमा लिएको हो।तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकले दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्जका शाखाबाट १ अर्ब ५० करोड ९६ लाख रुपैयाँ घोटाला गरेको सिआईबीले जनाएको छ । अन्य आरोपितहरुको खोजी जारी छ । 

पक्राउ पर्नेहरु 

१. बिष्णुप्रसाद धिताल- अध्यक्ष, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक  

२. ईच्छा बहादुर गुरुङ्- संचालक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक  

३. सुबर्ण राज भण्डारी- संचालक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

४. मधुवन लाल श्रेष्ठ- संचालक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

५. ऋषि राज भट्ट- निमित्त कार्यकारी अधिकृत, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

६. दुर्गा दत्त जोशी- बरिष्ठ प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

७. रामचन्द्र बसौला- सहायक महाप्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

८. बिकास श्रेष्ठ- शाखा प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक, लोकन्थली 

९. सागर न्यौपाने- लोकन्थली शाखा प्रमुख, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

१०. मान बहादुर राउत- शाखा प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

११. बिनितमणि उपाध्याय- सहायक महाप्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक 

१२. मोहन खरेल- कर्जा अधिकृत, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

१३. सुदिप थापा- शाखा प्रबन्धक, तत्कालिन एपेक्स डेभलपमेन्ट बैक

Logo