सामसुङको एस नाईन र एस नाईन प्लस सार्वजनिक (भिडियो सहित)

सामसुङको एस नाईन र एस नाईन प्लस सार्वजनिक (भिडियो सहित)

केन्द्रबिन्दु
0
Shares

सामसुङको फ्ल्यागसिप मोडलको रुपमा रहेको ग्यालेक्सि एस नाईन र एस नाईन प्लसलाई नेपालमा सार्वजनिक गरिएको छ ।

सुपर स्लो मोसनमा भिडियो, लो लाइट क्यामेरा, एआर इमोजी जस्ता सुविधा रहेको कारण यो स्मार्टफोनलाई सामस्ङले नै अलग्गै किसिमको मानेको छ ।

फोटो र भिडियोको लागि बिशेष किसिमले निर्माण गरिएको यो मोडलमा रहेको क्यामेराले आफै मोसन पिक्चरलाई चिनेर सोहि अनुसार भिडियो खिच्ने गर्छ । यसमै रहेको सुपर स्लो मोसनको अप्सनले कुनै पनि भिडियोलाई थप आकर्षक बनाउन पनि सकिन्छ । यसमा रहेको ३५ वटा विभिन्न अप्सनले प्रयोगकर्तालाई चाहिएको साउण्ड वा ट्युनलाई ब्याकग्राउण्डमा राखेर राम्रो भिडियो समेत बनाउन मद्धत गर्छ ।

यसमा भएको क्यामेराले कम प्रकाशमा पनि लो न्वाईज निकाल्ने गर्छ । अरु स्मार्टफोनका क्यामेरामा कमै एपार्चर हुने गर्छ । यसमा भने एफ १ दशमलब ५/एफ २ दशमलब ४ एपार्चर रहेको छ । जसले कम प्रकाशमा पनि आकर्षक तस्विर खिच्न सकिन्छ ।

सामसुङले आफैंले विकास गरेको इन्टेलिजेन्स बिक्सबी मार्फत् प्रयोगकर्ताले आफ्नो सहयोगीको रुपमा यो सेटलाई चलाउन पाउने छ । यसमा रहेको स्पिकर एकेजी युक्त रहेको छ । जसले वास्तविक साउण्डको आनन्द दिने छ ।

नेपाली बजारमा ग्यालेक्सी एस नाईनको मुल्य ९२ हजार ९ सय र एस नाईन प्लसको मुल्य ९९ हजार ९ सय तोकेको छ । अहिले कम्पनीले दुबै सेटको खरिदमा खरिदकर्तालाई ५ हजारको क्यासब्याकको स्किम राखेको छ ।

भिडियो हेर्नुहोला

Logo