काठमाडौँ
नेपाली बजारमा दैनिक अढाई करोडको अवैध सुनको कारोबार हुन्छ । तस्करीको सुनले बजार ओगट्न थालेपछि बैंकहरू मार्फत आउने वैध सुनको कारोबार ओरालो लागेको छ । "/>

नेपाली बजारमा दैनिक ५ केजी अवैध सुनको कारोबार हुँदै

नेपाली बजारमा दैनिक ५ केजी अवैध सुनको कारोबार हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाली बजारमा दैनिक अढाई करोडको अवैध सुनको कारोबार हुन्छ । तस्करीको सुनले बजार ओगट्न थालेपछि बैंकहरू मार्फत आउने वैध सुनको कारोबार ओरालो लागेको छ । नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक अनुसार पछिल्लो समय दैनिक कम्तीमा ५ केजी अवैध सुन किनबेच भइरहेको छ । यो परिमाण अघिल्ला दुई वर्षको तुलनामा भने निक्कै कम हो । आर्थिक वर्ष ०७१,७२ मा दैनिक २०.१३७ केजी (अनुपातमा) सम्मको अवैध सुनको कारोबार भयो । जसको मूल्य बजार भाउ अनुसार ९ करोड ९६ लाख १७ हजार ६ सय हो । प्रहरीले ४२ महिनामा दुई अर्ब बराबरको तस्करीको सुन बरामद गरेको छ ।

पछिल्लो एक तथ्यांक अनुसार आव ०६८,६९ मा नेपाली बजारमा बैंकको प्रतिदिन २४.६५७ केजी सुन बिक्थ्यो । त्यो दर घटेर चालू आवको माघमा प्रतिदिन १९.७२६ केजी मात्रै बिकेको छ । बजार विश्लेषण गर्दा आव ०६८, ६९ को भन्दा चालू आवको माघमा बैंकको सुन धेरै परिणाममा बिक्नु पर्ने हो । तर त्यसो नभएर उल्टै ४.९३१ केजीले घट्न पुगेको छ । यसले पुष्टि गर्छ कि सुन व्यापारीले वैध बाटो ल्याइएको सुन नकिनेर अवैध बाटोबाट ल्याइएको सुन किने ।

पछिल्लो बजारभाउ अनुसार चीनमा सुनको मूल्य प्रतितोला ५० हजार ९ सय ४ रुपैयाँ छ । त्यही मितिमा नेपालमा सुनको मूल्य प्रतितोला ५७ हजार सात सय रुपैयाँ छ । चीन र नेपाली बजारको सुनको मूल्य तुलना गर्दा प्रतितोला ६ हजार ७ सय ९६ रुपैयाँको फरक छ । दुई मुलुक बीचको दरभाउमा रहेको यही फरक सुन तस्करीको मुख्य कारण हो ।

तस्करले चीनबाट ल्याएको सुन नेपाली बजारमा प्रतितोला ५७ हजार सात सय रुपैयाँमा बेच्छन् । यसो गर्दा तस्करलाई प्रतितोला ६ हजार ७ सय ९६ रुपैयाँ फाइदा हुन्छ । एक केजी सुनबाट मात्रै तस्करले ५ लाख ७७ हजार ६ सय ६० रुपैयाँ आर्जन गर्छन् । यस बापत उनीहरूले न भन्सार रकम तिर्नुपर्छ न कर नै । त्यसो हुँदा यो तस्करको खुद नाफा हो ।

प्रहरीका अनुसार पछिल्लो पटक रसुवाको केरुङ नाकालाई सुन तस्करीको ‘ट्रान्जिट’ बनाएको देखिन्छ । यसअघि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट तस्करी हुने गथ्र्यो । भूकम्पका कारण नाका बन्द भएपछि तस्करको रोजाइमा केरुङ नाका परेको हो । महाशाखाका एसपी उप्रेती भन्छन्, ‘सुन तस्करको मुख्य नाका केरुङ हो । पहिलो तातोपानी थियो । अहिले त्यो बन्द भएको छ । तस्कर अनेक बाहानामा केरुङबाट चीन छिर्छन् अनि सँगै सुन लिएर आउँछन् । जसको सुइँको प्रहरीले पाउन सक्दैन ।’
नयाँपत्रिकाबाट

Logo