काठमाडौं ।

एनआइसी एसिया बैंकले शुक्रबारदेखि बचत र मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि बैंकबीच विवाद चर्केको छ । "/>

एनआइसीले ब्याज बढाएपछि विवाद

एनआइसीले ब्याज बढाएपछि विवाद

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

एनआइसी एसिया बैंकले शुक्रबारदेखि बचत र मुद्दती निक्षेपमा ब्याजदर बढाएपछि बैंकबीच विवाद चर्केको छ । एनआइसीले बचत खातामा १० प्रतिशत र मुद्दती निक्षेपमा १२ प्रतिशत ब्याज दिने घोषणा गरेपछि अन्य बैंकले यो धेरै भएको भन्दै विवाद झिकेका हुन्।

कहरुबीच बचत खातामा ८ प्रतिशत र मुद्दती खातामा ११ प्रतिशतभन्दा ब्याज नबढाउने भद्र सहमति भएको थियो। एनआइसीले ब्याजदर बढाएपछि सहमति तोडेको भन्दै ऊसँग कुनै पनि कारोबार नगर्ने निर्णय बैंकर्स संघले गरेको छ।

एनआइसीले यसअघिको सहमति तोडेको हुनाले अन्तरबैंक कारोबार नगर्ने निर्णय गरिएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुगांनाले बताए। ‘जोखिम बढेकाले यस्तो निर्णय गर्नुपरेको हो,’ उनले भने, ‘कार्टेलिङ गर्न खोजेको होइन।’

एनआइसी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले ब्याजदरमा कार्टेलिङ गर्नु गलत भएको बताउँदै यसले खुला बजार नीतिको उपहास गर्ने बताए। ‘बैंकर्स संघको निर्णय हाम्रा लागि दुर्भाग्यपूर्ण हो,’ उनले भने।

नेपाल राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बजारले नै ब्याजदर तोक्ने हुनाले यस विषयमा राष्ट्रबैंकले हस्तक्षेप नगर्ने बताए। ‘दुवैका कुरा आफ्नो ठाउँमा ठीक छन्,’ उनले भने, ‘दुवै पक्षका कुरा सुन्ने हो तर यति दिन पाउँछस् भनेर हामीले भन्न मिल्दैन।’

मुलुकका विभिन्न क्षेत्रमा अहिले पनि कार्टेलिङ जारी छ। यातायात, कृषि, हवाईसेवालगायत अधिकांश क्षेत्रमा कार्टेलिङ गरिएजस्तै बैंकिङ क्षेत्रमा पनि वर्षौंदेखि ब्याजदरमा कार्टेलिङ हुँदै आएको छ। पछिल्लो पटक लगानीयोग्य पुँजीको अभावका कारण यो विवाद उठेको हो।

Logo