एनआईसी एसियाका सिईओले किन दिए एक्कासी राजीनामा, बैंकिङ् क्षेत्रमा ‘भूकम्प’

एनआईसी एसियाका सिईओले किन दिए एक्कासी राजीनामा, बैंकिङ् क्षेत्रमा ‘भूकम्प’

केन्द्रबिन्दु
0
Shares

एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालले सीईओ पदबाट राजिनामा दिएपछि अहिले बैंकिङ् क्षेत्रमा ठूलो तहल्का मच्चिएको छ । रिसालले चर्को दबाबकै कारण दुई बर्ष पुरा नहुँदै रिसालले बैंक छाडेको बताइएको छ ।

नेपाल बैंकर संघले तोकेको ब्याजदरको सिमा नाघेर ब्याज बढाउन दबाब दिएपछि भद्र सहमति बिपरित जान नसक्ने भन्दै रिसालले सीइओ पदबाट राजिनामा दिएको स्रोतको भनाई छ। आफ्नो असहमतिकै बावजुद बैंकले फागुन २४ गते मात्रै बचतमा १० र मुद्दतीमा १२ प्रतिशत ब्याज दिने निर्णय गरेकाले रिसालले पदबाट राजिनामा दिएको स्रोतले बताएको छ। स्मरण होस, बैंकर संघले बचतमा ८ तथा मुद्दतीमा ११ प्रतिशतको सीमा तोकेको छ ।

एनआईसी एसियाका तत्कालिन सीईओ शशीन जोशीले छाडेपछि रिसालले २०७३ जेठ ३ देखि एनआईसी सम्हाल्दै आएका थिए। बैंकिङ क्षेत्रमा करिब २८ बर्षको अनुभव भएका रिसालले एनआईसी सम्हालेसंगै बैंकले सेवा र कारोबार बिस्तारमा उल्लेख्य प्रगति गरेको थियो ।

Logo