युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सकियो

युनिग्लोब अन्तर्राष्ट्रिय व्यवस्थापन सम्मेलन सकियो

केन्द्रबिन्दु
0
Shares

हालको व्यवस्थापन क्षेत्रमा प्रगति चुनौति, पहलहरु र अगाडि बढ्ने बाटो (Recent Advancement Management Challenges, Initiatives and Road Ahead) भन्ने मुख्य विषयमा दुई दिने अन्तर्राट्रिय व्यवस्थापन सम्मेलन यही मार्च ६ र ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल राष्ट्र बैङ्कका गभर्नर डा। चिरञ्जीवी नेपालले मानव श्रमसाधन विकास तथा दक्ष जनशक्ति विकासका लागि यो सम्मेलनले उल्लेख्य भुमिका खल्ने बताए । तेसैगरी उद्घाटन सत्रमा बोल्दै सम्मेलनका मुख्य वक्ता लुजवियाना विश्व विद्यालय स्लोभियानाका प्रोफेसर डा। राडो बोजोनिकले विश्व बजारमा श्रमिकहरुको बढवा दिनका लागि अबको व्यवस्थापन शिक्षाले उल्लेख्य भुमिका खेल्नुपर्ने बताए ।

बुधबार सम्म चलेको उक्त सम्मेलनमा ९४ वटा कार्यपत्रहरु समावेश रहेको जसमा १ सय ९८ जना प्रस्तोताहरु रहेका थिए । सम्मेलनमा भारत, बङ्गलादेश, स्लोभेनिया र नेपालका व्यवस्थापन संकायका विद्यार्थी, शिक्षक, र प्रोफेसर गरि करिब ६ सय जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा उत्कल विश्व विद्यालय, एफ। आइ। आइ। बि। नयाँ दिल्लि, चित्तागाउँ विश्व विद्यालय बङ्गलादेश, मेवार विश्व विद्यालय राजस्थान, पोखरा विश्व विद्यालय, त्रिभुवन विश्व विद्यालयका प्रोफेसरहरुको सहभागिता रहेको थियो । उक्त सम्मेलनमा मुलभुत रुपमा ६ वटा विषय वस्तुमा कार्यपत्र प्रस्तुत गरिए – आधुनिक बैंकिङको समस्या र चुनौति, मानव स्रोत व्यवस्थापन, सस्थामा गरिने व्यवहार सि. एस. आर., बजारिकरणमा समस्या र चुनौति, व्यवस्थापन शिक्षामा चुनौति र अवसरहरु, वित्त व्यवस्थापनका समस्या र चुनौति, व्यवस्थापन क्षेत्रका समसामयिक विषयमा कार्यपत्रहरु प्रस्तुत भए ।

त्यसैगरी कार्यक्रममा ुनेपालको आर्थिक सम्बन्ध विशेषगरि छिमेकी मुलुकहरुमा कस्तो हुनुपर्छु भन्ने छलफल आयोजना गरिएको थियो । डा. भेष बहादुर थापा, पुर्व राजदुत भारत, अमेरिका, टंक प्रसाद कार्की, पुर्व राजदुत चीन र डा। तिलक रावल, पुर्व गभर्नरले यस विषयमा आफ्नो धारणहरु राख्नुभएको थियो । यस कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रहरु कलेजको आगामी जर्नलमा प्रकाशित हुने सम्मेलनका सभापती प्रो। डा। राधे श्याम प्रधानले जानकारी दिनुभयो । नेपालको चिनारी हुने गरि विभिन्न सांस्कृतिक कार्यक्रम गरि सम्मेलनको समापन गरियो ।

Logo