काठमाडौँ
सरकारले बुधबार (आज) चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दैछ । आर्थिक वर्षको ६ महिना बितेपछि हुने मध्यावधि समीक्षा राजनीतिक संक्रमणका कारण आठौँ महिनाको अन्तिममा पुगेको हो । "/>

आठ महिनामा विकास खर्च २३ प्रतिशत मात्रै !

आठ महिनामा विकास खर्च २३ प्रतिशत मात्रै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारले बुधबार (आज) चालू आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा सार्वजनिक गर्दैछ । आर्थिक वर्षको ६ महिना बितेपछि हुने मध्यावधि समीक्षा राजनीतिक संक्रमणका कारण आठौँ महिनाको अन्तिममा पुगेको हो । बजेट कार्यान्वयनको समीक्षासँगै अबको दिशा तय हुने अर्थमन्त्री डा. युवराज खतिवडाको भनार्इ छ ।

हाल सम्म सरकारी खर्च अपेक्षित मात्रामा हुन नसकेकाले गति अब कसरी बढाउने भन्ने विषयमा नीति तय गरिने राजस्व सचिव शिशिर कुमार ढुंगानाले बताए । ‘मध्यावधि समीक्षा मूलतः ‘स्टाटस पेपर’ हो, बजेट कार्यान्वयनको स्थितिका आधारमा अब कसरी अघि बढ्ने भन्ने विषयमा पनि समीक्षा हुन्छ,’ उनले भने ।

लामो समय देखि नै आर्थिक वर्षको अन्त्यमा खर्च हुने परम्पराले यो वर्ष पनि निरन्तरता पाउने भएको छ । महालेखानियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्षको अन्तिम चौमासिकमा पौने आठ खर्बको हाराहारीमा खर्च गर्नु पर्ने भएको छ । आर्थिक वर्ष सकिन चार महिना नौ दिन बाँकी रहँदा बजेट खर्च गर्न बाँकी रकम ७ खर्ब ८७ अर्ब रहेको हो ।
नयाँपत्रिकाबाट

Logo