काठमाडौँ
नेपालबाट भारततर्फ निर्यात हुने वनस्पति घिउको निर्यात सहज नहुँदा नेपालले वार्षिक करिब १२ अर्ब रुपैयाँ गुमाउँदै आएको छ । "/>

वनस्पति घिउ निर्यात एक दशक देखि ठप्प

वनस्पति घिउ निर्यात एक दशक देखि ठप्प

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपालबाट भारततर्फ निर्यात हुने वनस्पति घिउको निर्यात सहज नहुँदा नेपालले वार्षिक करिब १२ अर्ब रुपैयाँ गुमाउँदै आएको छ । नेपालबाट भारततर्फ हुने वनस्पति घिउको निर्यात विगत एक दशक देखि ठप्प हुँदा नेपालले वार्षिक करिब १२ अर्ब रुपैयाँ गुमाउँदै आएको हो । सन् २००७ देखि नेपालबाट भारततर्फ निर्यात हुने वनस्पति घिउ पूर्ण रूपले ठप्प हुँदा नेपालले वार्षिक ११ अर्ब २० करोड रुपैयाँ गुमाउँदै आएको नेपाल वनस्पति घिउ तेल उत्पादक संघले जनाएको छ । संघले हाल प्रचलित मूल्यमा वार्षिक १ लाख मेट्रिक टन मात्रै पनि वनस्पति घिउ निर्यात गर्न सकेमा वार्षिक ७ अर्ब भारतीय रुपैयाँ अर्थात् ११ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात हुने संघले दाबी गरेको छ ।

भारतले वनस्पति घिउमा कोटा निर्धारण गर्नु अघि नेपालबाट भारततर्फ २ देखि अढार्इ लाख मेट्रिक टन सम्म वनस्पति घिउ निर्यात हुने गरेको थियो । सन् १९९६ देखि २००२ सम्म नेपालबाट भारततर्फ वार्षिक २ देखि अढाइ लाख मेट्रिक टन सम्म वनस्पति घिउ निर्बाध रूपमा निर्यात हुने गरेको र सन् २००२ देखि २००७ सम्म वार्षिक १ लाख मेट्रिक टन मात्रै (जुन भारतले तोकेको कोटा हो) निर्यात हुने गरेको थियो । वनस्पति घिउ भारत निर्यात नहुँदा नेपाली उद्योगहरूले उत्पादन गर्ने घिउ खेर गइरहेको र उत्पादनको १० प्रतिशत मात्रै उपयोग भइरहेको संघको दाबी छ । नेपालबाट भारततर्फ हुने वनस्पति घिउको निर्यातमा सहजता आएमा नेपालका वनस्पति घिउ उद्योगको उत्पादन क्षमता अझ वृद्धि हुने र नेपालको वैदेशिक व्यापारघाटा समेत न्यूनीकरणमा निकै ठूलो योगदान पुग्ने संघको दाबी छ ।
राजधानीबाट

Logo