काठमाडौँ
नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले पछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिए सँगै पुँजी बजारमा पहिरो गएको हो । "/>

सेयर बजारमा गिरावट : लगानीकर्ताले एकै दिन गुमाए ४७ अर्ब

सेयर बजारमा गिरावट : लगानीकर्ताले एकै दिन गुमाए ४७ अर्ब

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नयाँ सरकार बनेसँगै सुध्रिन्छ भन्ने आशमा बसेका लगानीकर्तालाई आइतवार सेयर बजारले नराम्रो झट्का दिएको छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले पछि डा. युवराज खतिवडाले अनुत्पादक क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने अभिव्यक्ति दिए सँगै पुँजी बजारमा पहिरो गएको हो । अर्थमन्त्रीको खतिवडाको त्यस अभिव्यक्तिको प्रभाव यति धेरै पर्यो कि पुँजी बजारका लगानीकर्ताले आइतवार एकै दिन ४७ अर्ब रुपैयाँ गुमाउन पुगेका छन् ।

बिहान बजार खुल्ने बित्तिकै रेड कार्पेट ओछ्याउन थालेको सेयर बजारमा बजार बन्द हुनु अघि सम्म ४१.५६ प्रतिशतले घट्दा लगानीकर्ताको ४७ अर्ब रुपैयाँ गायब भएको हो । केही महिना देखि निरन्तर ओरालो यात्रामा रहेको सेयर बजार आइतवार दुई वर्ष अघिकै न्यून बिन्दुमा आइपुगेको छ । यसअघि पुँजी बजार ०७२ फागुन २० गते १३०० अंकमा ओर्लेको थियो । ठीक दुई वर्षपछि सेयर बजारको अवस्था त्यस्तै दयनीय भएको हो । हिजोको दिन ४१.५६ अंकले ‌ओरालिँदै बजार परिसूचक नेप्से १३०४.४३ अंकमा आएको छ । आइतबार कारोबार जारी रहेका बेला सेयर बजार १३०० अं‌कबाट तल झरेको थियो । तर बजार बन्द हुनु अघि सम्म बजार केही थामिँदै १३०० बिन्दुमा पुगेर रोकिएको हो ।
अन्नपूर्णबाट

Logo