काठमाडौं—मल्टीनेशनल कम्पनीका ब्राण्डहरुको मारमा नेपाली उत्पादनहरु धरासायी भइरहेका बेला स्वदेशी उत्पादन रिजाल नमकिन भने देशभर फैलिन थालेको छ । "/>

फैलिदैं नेपाली प्रोडक्ट रिजाल नमकिन

फैलिदैं नेपाली प्रोडक्ट रिजाल नमकिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं—मल्टीनेशनल कम्पनीका ब्राण्डहरुको मारमा नेपाली उत्पादनहरु धरासायी भइरहेका बेला स्वदेशी उत्पादन रिजाल नमकिन भने देशभर फैलिन थालेको छ । नेपाल सरकारबाट बेष्ट फुड प्रोडक्ट—२०७१ बाट समेत पुरस्कृत रिजाल नमकिन नेपाली बजारमा लोकप्रिय छ । 
 
सन् १९८८ स्थापना भएको रिजाल नमकिनका फरुनदाना, कन्फेलेक्स मिक्सर, साल्टेड पेन्टस्, मिक्सर दालमोठ, मोङ्ग दाल फ्राइलगायतका उत्पादनहरु नेपाली बजारमा छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बस्ती बस्तीहरुमा आफ्नो उत्पादनहरुलाई पु¥याउनका लागि रिजाल नमकिनले थप प्रयासहरु जारी राखेको छ । 
 
विगत ३० वर्षदेखि निरन्तर ग्राहकहरुको पहिलो रोजाइमा परिरहेको रिजाल नेमकिनले त्यसका लागि पूर्वको इलाम, पाँचथर, भोजपुर, खाँदवारी कटारीदेखि पश्चिमको धनगढी, डडेल्धुरा, दिपायल र साँफेबगरसम्म गरी २८ ठाउँमा डिलर स्थापना गर्ने कार्य समेत अगाडि बढाइसकेको छ । 
 
‘विगत ३० वर्षदेखि विभिन्न मल्टीनेशनल कम्पनीका उत्पादनहरुसँग हामी प्रतिस्पर्धा गरिरहेका छौं,’ रिजाल नमकिनका प्रबन्ध निर्देशक पुरुपोत्तम रिजाल भने, ‘विदेशी उत्पादनहरुको प्रतिस्पर्धाका बाबजुद ३० वर्ष बजारमा सफलतापूर्वक टिक्नुका पछाडि ग्राहकहरुले हामीप्रति देखाएको विश्वास र माया नै हो ।’ उनका अनुसार अब रिजाल नमकिनले देशभर आफ्नो सञ्जाल विस्तार गर्ने योजना अगाडि बढाइसकेको छ । 
 
‘स्वास्थ्यका दृष्टिकोणले उच्च गुणस्तरीय र स्वादिलो उत्पादन भएका कारण विदेशी प्रतिस्पर्धी ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्न लायक प्रोडक्ट छ,’ रिजालले थपे । अबको सरकारले यस्ता स्वदेशी उत्पादनहरुलाई प्रोत्साहन गर्ने कुरामा आफू विश्वस्त रहेको विश्वास उनले ब्यक्त गरे । सरकारले कर तथा भन्सारमा स्वदेशी उधोगका लागि सहुलियतको ब्यवस्था गरिदिएमा यसले नेपाली उत्पादनहरु लाभान्वित हुने उनको ठम्याइ छ । 
 
ग्राहकहरुको स्वास्थ्यलाई समेत ध्यानमा राखी कम्पनीले समयसापेक्ष रुपमा बजारमा आफ्ना उत्पादनहरु ल्याएको रिजालले बताए । उनकाअनुसार अत्याधुनिक मेसिन जडान गरी उच्च गुणस्तरीय तेल तथा कच्चा पदार्थबाट फुरुनदाना, कन्फेलेक्स मिक्सर, साल्टेड पेन्टस्, मिक्सर दालमोठ, मोङ्ग दाल फ्राइलगायतका सस्तो र विदेशी उत्पादनभन्दा राम्रो प्रोडक्टहरु उत्पादन भइरहेको छ । रिजाल नमकिनले स्वदेशी बजारमा रहेको रोजगारीको मागलाई पनि केही हदसम्म पूर्ति गरिरहेको छ ।
 

Logo