अर्थमन्त्रीलाई शेयर बजारको लालसलाम !

अर्थमन्त्रीलाई शेयर बजारको लालसलाम !

केन्द्रबिन्दु
0
Shares

धितोपत्र बजारमा यससाता रु एक अर्ब ९६ करोड ३८ लाख ७१ हजार बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । 

नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ दशमलव शुन्य चार प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको कारोबार भएको थियो । गत साता रु एक अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २८ दशमलव ७४ अंकले घटेर अन्तिम दिन एक हजार ३४५ दशमलव ९९ अंकमा पुगेको छ । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा पाँच दशमलव २० अंकले घटेर २८५ दशमलव ३८ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु २२ करोड ६२ लाख २० हजार बराबरको शेयर खरिद बिक्री भएका थिए । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको आठ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ ।

Logo