काठमाडौं
विभिन्न ४७ कम्पनीले १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । "/>

४७ वटा कम्पनीले १० अर्ब भन्दा बढीे मुल्यको बोनस दिने

४७ वटा कम्पनीले १० अर्ब भन्दा बढीे मुल्यको बोनस दिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
विभिन्न ४७ कम्पनीले १० अर्ब ८१ करोड तीन लाख ४४ हजार बराबरको बोनस शेयर आफ्ना शेयरधनीलाई उपलब्ध गराउने घोषणा गरेका छन् । नेपाल धितोपत्र बोर्डमा उपलब्ध गराइएको जानकारी अनुसार १० करोड ५९ लाख २२ हजार ८६५ कित्ता बराबरको शेयर बोनस बापत शेयरधनीलाई प्रदान गर्ने घोषणा गरिएको हो । चालू आर्थिक वर्षको शुरु देखि हालसम्म बोर्डमा बोनस शेयर घोषणा गर्दै जानकारी गराउने क्रम समेत बढेको बोर्डले जनाएको छ । बोर्डका अनुसार आठ वटा विकास बैंक, पाँच फाइनान्स, नौ माइक्रो फाइनान्स, ६ वाणिज्य बैंक, दुई होटल, चार जलविद्युत कम्पनी र दुई अन्य समूहका उद्योग तथा प्रतिष्ठानले बोनस शेयर उपलब्ध गराउने घोषणा गरेका छन् ।

आव २०७३/७४ मा गरेको नाफाका आधारमा ती संस्थाले शेयरधनीलाई बोनस उपलब्ध गराउने घोषणा गर्दै नियमक निकायलाई जानकारी गराएका हुन् । बोनस घोषणा गर्नेमा सबैभन्दा अग्रस्थानमा राष्ट्रिय बीमा संस्थान कम्पनी लिमिटेड रहेको छ । सो कम्पनीले शेयरधनीलाई ११४ प्रतिशत बोनस दिने घोषणा गरेको छ । सांग्रिला विकास बैंकले १६ प्रतिशत, भार्गव विकास बैंकले २०, मिशन डेभलपमेन्ट बैंकले ११, वेस्टर्नले १०, काबेलीले २०, एक्सेलले ३० तथा कालिकाले १० प्रतिशत बोनस बाँड्ने घोषणा गरेका छन् । मेगा बैंकसँग एकीकृत भएको टुरिजम डेभलपमेन्ट बैंकले बोनस घोषणा गरे पनि उपलब्ध गराएन ।

यस्तै वाणिज्य बैंकहरुमा नबिल बैंकले ३० प्रतिशत तथा लक्ष्मी र ग्लोबल आइएमई बैंकले समान १० प्रतिशत बोनस दिने घोषणा गरेका छन् । सानिमा बैंकले १६ प्रतिशत, एनआइसी एशियाले २० र लक्ष्मी बैंकले १८ दशमलव २९ प्रतिशत बोनस दिने घोषणा गरेका छन् । लक्ष्मी बैंकले अघिल्लो आवको समेत बोनस उपलब्ध गराउने घोषणा गरेको हो ।

यस्तै गुह्येश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले बोनस उपलब्ध गराउने जानकारी गराए पनि कति प्रतिशत बोनस दिने उल्लेख गरेको छैन । आइसिएफसी फाइनान्सले २० प्रतिशत, सेती फाइनान्सले नौ, मल्टीपर्पोज फाइनान्सले अघिल्लो आवको १२ तथा आव २०७३/७४ को नाफाबाट १५ प्रतिशत बोनस उपलब्ध गराउने घोषणा गरेको छ ।
रासस

Logo