काठमाडौँ
चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ७५ अर्ब २० करोड रुपैयाँको १३ लाख २५ हजार २७५ किलोलिटर, मेट्रिकटन इन्धन आयात भएको छ । "/>

६ महिनामै ७५ अर्ब भन्दा वढीको इन्धन आयात

६ महिनामै ७५ अर्ब भन्दा वढीको इन्धन आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ७५ अर्ब २० करोड रुपैयाँको १३ लाख २५ हजार २७५ किलोलिटर, मेट्रिकटन इन्धन आयात भएको छ । नेपाल आयल निगमले विगतका वर्षको यसै अवधिको तुलनामा यो आयात हाल सम्मकै उच्च भएको जानकारी दिएको छ । आर्थिक वर्ष २०७३,७४ को तुलनामा चालु आर्थिक वर्षको ६ महिनामा १६ अर्ब २६ करोड रुपैयाँ बढी मूल्यको इन्धन आयात भएको छ । खपत यसरी नै वृद्धि भइरहने हो भने चालु आर्थिक वर्षमा अहिलेकै मूल्यका आधारमा एक खर्ब ५० अर्ब ४० करोडको इन्धन आयात हुनेछ ।

आर्थिक वर्ष २०७३,७४ मा ५८ अर्ब ९४ करोड रुपैयाँको १३ लाख ३९ हजार एक सय ७७ किलोलिटर, मेट्रिकटन इन्धन आयात भएको थियो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार सवारीसाधनको बढ्दो चाप, विकास निर्माण, जलविद्युत लगायत कारण पछिल्लो समयमा इन्धनको खपत उच्च परिमाणमा बढेको छ ।

‘स्थायी सरकार बनेसँगै विकास निर्माणले गति लिएको छ’, गोइतले भने, ‘त्यस बाहेक सडक खन्न अहिले प्रत्येक गाउँपालिकाले स्काभेटर र डोजर खरिद गरेका छन् । गाउँगाउँमा इन्धनमा आधारित कृषि यन्त्र पुगेका छन् । सोही अनुपातमा जलविद्युत उत्पादन र नयाँनयाँ सवारीसाधन पनि थपिने क्रम झनै बढेको छ ।’ यसले गर्दा इन्धनको खपत उच्च परिमाणमा बढेको हो । माग अनुसार इन्धनको आयात पनि वृद्धि भएको छ । निगमको तथ्यांक अनुसार गत नोभेम्बर देखि इन्धन आयात बढ्दै गएको छ । पेट्रोल, डिजेल र खाना पकाउने एलपीजी ग्याँसको आयात वृद्धि भएको हो । नोभेम्बरमा ४२ हजार ७७ किलोलिटर पेट्रोल, एक लाख ४१ हजार ५४ किलोलिटर डिजेल र ३३ हजार आठ सय ७४ मेट्रिकटन ग्याँस आयात भएको थियो ।
अन्नपूर्णबाट

Logo