काठमाडौं
लगानी बोर्डले काठमाडौंको नागढुंगा देखि काभ्रेको धुलिखेल सम्म जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । "/>

नागढुंगा-धुलिखेल ३७ किलोमिटर रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा

नागढुंगा-धुलिखेल ३७ किलोमिटर रेलमार्ग निर्माणका लागि खुला प्रतिस्पर्धा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
लगानी बोर्डले काठमाडौंको नागढुंगा देखि काभ्रेको धुलिखेल सम्म जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्यता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ । बोर्डले विश्वव्यापी रूपमा खुला प्रतिस्पर्धा मार्फत सम्भाव्यता अध्ययन अघि बढाएर निर्माण गर्ने उद्देश्य सहित टेण्डर डकुमेन्ट तयार गरी प्रक्रिया अघि बढाएको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य संयोजक रहेको समितिले मेट्रोरेलबारे प्रतिवेदन तयार गरेकोमा कात्तिक अन्तिम साता बसेको बोर्ड बैठकले अघि बढाउने निर्णय गरेको थियो । स्वीकृत प्रतिवेदन अनुसार परियोजना अघि बढाउनका लागि लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव हरिप्रसाद वस्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्य, लगानी बोर्डका सहसचिवद्वय मधु भेटुवाल र उत्तम वाग्लेका साथै बोर्डकै सिनियर डिभिजनल इन्जिनियर सुनिल पौडेल सदस्य–सचिव रहेको समिति समेत गठन गरिएको छ ।

बोर्डले तयार गरेको डकुमेन्ट पुनरावलोकनका लागि अर्थ र यातायात मन्त्रालयका साथै रेल विभागमा पठाइएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए । “विस्तृत सम्भाव्यता अध्ययन र विश्वव्यापी प्रतिस्पर्धाका लागि डकुमेन्ट तयार गरेर सरोकारवाला निकायहरूलाई पुनरावलोकनका लागि पठाएका छौं, उनीहरूको सुझाव आएपछि टेण्डर प्रक्रिया अघि बढ्छ,” उनले भने । बोर्डले एक महिना भित्र खुला प्रतिस्पर्धा गरिसक्ने योजना आएको छ । १५ महिना भित्र सम्भाव्यता अध्ययन सकेर निर्माण प्रक्रियामा लैजाने योजना रहेको ३७ किलोमिटर लामो नागढुंगा देखि धुलिखेल सम्मको मेट्रोरेल चार वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको बोर्डका यातायात क्षेत्रका परामर्शदाता आशिष गजुरेलले जानकारी दिए ।

समितिले विद्यमान सार्वजनिक निजी साझेदारी (पीपीपी) नीति समेतलाई आधार मानेर अघि बढाउन सुझाव दिएको थियो । जापान सहयोग नियोग (जाइका) ले सन् २०१६ मा तयार पारेको गुरुयोजना, रेल विभाग र कोरियन इन्जिनियरिङ कम्पनीले गरेको अध्ययन, लगानी बोर्डले नै बेलायती सहयोग नियोग (डिफिड) लगायतका निकायले तयार पारेको प्रतिवेदनमा आधारित भएर समितिले अन्तिम प्रतिवेदन तयार पारेको छ । प्रस्ताव अनुसार नौबिसे, नागढुंगा देखि कलंकी– माइतीघर–कोटेश्वर हुँदै धुलिखेल सम्म पुग्नेछ । निर्माण सम्पन्न भएपछि दैनिक २ लाख यात्रुलाई सेवा दिन सकिने मेट्रोरेलको लागत प्रतिकिलोमिटर ५ देखि ६ अर्ब अनुमान गरिएको छ ।
कारोबारबाट

Logo