काठमाडौं
अर्थ मन्त्रालयले सुनिश्चितता गरेको ७० करोड रुपैयाँ नदिएपछि हुलाकी सडक निर्माणमा ढिलाइ भएको छ । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको हुलाकी सडक निर्माणमा अर्थले पैसा नदिँदा ढिलाइ भएको हो । "/>

अर्थले ७० करोड नदिँदा हुलाकी सडक निर्माण अलपत्र

अर्थले ७० करोड नदिँदा हुलाकी सडक निर्माण अलपत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
अर्थ मन्त्रालयले सुनिश्चितता गरेको ७० करोड रुपैयाँ नदिएपछि हुलाकी सडक निर्माणमा ढिलाइ भएको छ । राष्ट्रिय गौरवका आयोजनाका रूपमा रहेको हुलाकी सडक निर्माणमा अर्थले पैसा नदिँदा ढिलाइ भएको हो । अर्थले रकम दिने सुनिश्चित गरेपछि ११ वटा सडकको ठेक्का भइसकेको हुलाकी सडक निर्देशनालयले जनाएको छ । ठेक्का भइसके पनि ‘मोविलाइजेसन’ बापत रकम ठेकेदार कम्पनीले नपाएका कारण काम सुरु हुन सकेको छैन् । ठेकेदार ‘फिल्ड’ जान सकेका छैनन् ।

सडक आयोजना अन्तर्गतको दोस्रो चरणमा निर्माण थालिएका ११ वटा सडक मध्ये पाँचले ‘मोविलाइजेसन’ बापतको एक पैसा पनि पाएका छैनन् भने ६ वटालाई मात्रै ‘मोविलाइजेसन’ बापतको केही रकम उपलब्ध गराइएको छ । ठेक्का हुने वित्तिकै निर्माण कम्पनीलाई १० प्रतिशत रकम दिनु पर्ने व्यवस्था छ । ठेक्का भएको महिना बितिसकेको छ । रकम नहुँदा निर्माण कम्पनीले काम अगाडि बढाउन सकेका छैनन् । आयोजनाले आन्तरिक स्रोतबाट ६० करोड रुपैयाँ मोविलाइजेसन रकम निर्माण कम्पनीलाई उपलब्ध गराएको छ । अर्थले नदिएपछि ७० करोड रुपैयाँ उपलब्ध गराउन सकेको छैन ।

सन् २००६ मा भारत सरकारसँग सम्झौता भएको हुलाकी सडक निर्माण कार्य बीचैमा भारतले छोडेर भागेपछि नेपाल सरकारले नै निर्माण गर्दैछ । हुलाकी सडकको कुल लम्बाई १७९२.४२ किलोमिटर रहेको छ । जस मध्ये पूर्वपश्चिम लम्बाई ९७५ किलोमिटर र उत्तर दक्षिण जोडिने सहायक सडकको लम्बाई ८१७.४२ किलोमिटर छ । पूर्व मेची देखि पश्चिम महाकाली सम्म महेन्द्र राजमार्गको समानान्तर सीमा क्षेत्रको नजिकबाट तराईका सबै २० जिल्ला भई जाने गरी हुलाकी राजमार्ग सडकको परिकल्पना भएको हो ।
अन्नपूर्णबाट

Logo