नेपाली बजारमा बिक्री भइरहेको सामसङ्ग मोबाइल कम्पनीअन्तर्गत हिम इलेक्ट्रोनिक्सले ग्राहकलाई मध्यनजर गर्दै एक्सचेञ्ज अफर ल्याएको छ । "/>

काठमाडौंका सात ठाउँमा सामसङ्ग एक्सचेञ्ज मेला

काठमाडौंका सात ठाउँमा सामसङ्ग एक्सचेञ्ज मेला

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बिक्री भइरहेको सामसङ्ग मोबाइल कम्पनीअन्तर्गत हिम इलेक्ट्रोनिक्सले ग्राहकलाई मध्यनजर गर्दै एक्सचेञ्ज अफर ल्याएको छ । फेब्रुअरी ८ गतेदेखि १८ गतेसम्म चल्ने मेलामा सामसङ्गका ग्राहकले आफूले चलाएको मोबाइलसँग नयाँ मोबाइल साट्न सक्दछन् । यसै विषयमा केन्द्रित रही सामसङ्ग प्लाजा हिम इलेक्ट्रोनिक्स प्रालि. गोल्छा अर्गनाइजेशनकी मेनेजिङ डाइरेक्टर निकिता शर्मासँग केन्द्रबिन्दु संवाददाता प्रेम कुमार श्रेष्ठले गरेको कुराकानी:

सामसङ्ग एक्सचेञ्ज मेलामा ग्राहकको प्रतिकृया कस्तो छ ?

– यो मेलाबाट ग्राहकको आगमनले थप उर्जा बढाएको छ । एक्सचेञ्ज मेला सुरु भएको आज ४ दिनमा ७ वटा स्वरुमबाट २७ सय सामसङ्गका फोन साटिसकेका छौँ । अझै चार दिन बाँकी रहेको छ । यस अवधिमा झनै ग्राहक बढ्ने अपेक्षा गरेका छौँ ।

सामसङ्ग मोबाइलप्रति ग्राहकको आकर्षण कम भएकाले हिम इलेक्ट्रोनिक्सले एक्सचेञ्ज अफर ल्याएको हो ?

– यस्तो होइन । मलाई सामसङ्गका ग्राहक कहिले पनि कमी हुन्छ जस्तो लाग्दैन् । योे अफरले सामसङ्गका ग्राहकलाई थप नयाँ ग्याजेडसँग नजिक बनाएको छ ।

सामसङ्ग मोबाइल एक्सचेञ्च काठमाडौंमा मात्र हो कि अरु जिल्लाहरुमा पनि छ ?

– अहिले काठमाडौंको दरवारमार्ग, महाराजगञ्ज, सिभिल मल, नयाँ बजारलगायत सात ठाउँबाट एक्सचेञ्ज मेला जारी रहेको छ । हामीले काठमाडौंमा चलाइरहेको यस मेलाबाट सकारात्मक प्रतिकृया पाइरहेका छौँ । यसले अबका दिनमा काठमाडौं मात्र नभई बाहिरी जिल्लामा पनि एक्सचेञ्ज मेला गर्नु पर्र्ने अवसर आएको छ ।

सामसङ्ग ब्राण्डले यस्तो मेला अगाडि पनि सञ्चालन गरेको थियो ?

यस्ता मेलाहरु बेला बखतमा सामसङ्ग ब्राण्डले अगाडि पनि गर्दै आएको थियो । यो अफरपछि पनि हामीले फेरि नयाँ स्कीप ल्याउने तयारी गरिरहेका छौँ । यस मेला तथा अफरले ग्राहकलाई नयाँ जानकारी र सुविधा मात्र हो ।

पछिल्लो समयमा नेपाली बजारमा नयाँ नयाँ ब्राण्डका मोबाइल आएका छन्, यसले सामसङ्ग ब्राण्डलाई कस्तो असर पारेको छ ?

– पछिल्लो समयमा नेपाली बजारमा नयाँ ब्राण्डका मोबाइल आइरहेका छन् तर, सामसङ्ग ब्राण्डले नेपाली बजारमा आफ्नै प्रकारको छाप बनाएकाले बिक्री गर्नलाई गाह्रो भएको छैन । सामसङ्ग ब्राण्डका मोबाइल बिक्रीमा नयाँ ब्राण्डका मोबाइलले त्यति ठुलो असर पारेको छैन ।

Logo