काठमाडौं
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेको छ । केही साता अघि सम्म निरन्तर उकालो रहेको इन्धनको मूल्य पछिल्लो समय इरानले उत्पादन बढाउन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको हो । "/>

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा गिरावट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्न थालेको छ । केही साता अघि सम्म निरन्तर उकालो रहेको इन्धनको मूल्य पछिल्लो समय इरानले उत्पादन बढाउन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार इरानले इन्धनको उत्पादन बढाउने घोषणा गरेसँगै इन्धनको मूल्य घट्न थालेको जनाएका छन् । इरानले इन्धनको उत्पादन बढाउने घोषणा गरेसँगै पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर प्रतिब्यारेल ६५ डलर पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । उनीहरुका अनुसार फेब्रुअरीमा मात्रै दुई पटक इन्धनको मूल्यमा गिरावट आइसकेको छ । यसअघि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ७० डलर सम्म पुगेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार फेब्रुअरीमा मात्रै भारतमा पेट्रोल प्रतिलिटर दुई पैसा र डिजेलको मूल्य प्रतिलिटर ४ पैसा भारतीय रुपैयाँका दरले घटेको छ ।

आईओसीका अनुसार भारतको राजधानी दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर ७३ दशमलव ३५, कोलकात्तामा ७६, मुम्बईमा ८१ दशमलव २१, र चेन्नईमा ७६ रुपैयाँ भारतीय रुपैयाँ पुगेको छ । त्यसैगरी दिल्लीमा डिजेलको मूल्य ६४ दशमलव ११, कोलकात्तामा ६६ दशमलव ७८ र मुम्बईमा ६८ दशमलव २७ भारतीय रुपैयाँ पुगेको छ । यसअघि रसियाले इन्धनको उत्पादन घटाउने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य प्रतिब्यारेल ७० डलर सम्म पुगेको थियो ।
राजधानीबाट

Logo