काठमाडौँ ।

नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकास्थित बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालमै पहिलो पटक सदस्यहरूको बहुआयामिक गरिबी मापन गर्ने भएको छ । "/>

नेपालमै पहिलो पटक बिकु बचतले गरिबीको मापन गर्ने

नेपालमै पहिलो पटक बिकु बचतले गरिबीको मापन गर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नवलपुर जिल्लाको गैँडाकोट नगरपालिकास्थित बिकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नेपालमै पहिलो पटक सदस्यहरूको बहुआयामिक गरिबी मापन गर्ने भएको छ । 

बहुआयामिक विधिमा सदस्यहरूको स्वास्थ्य, शिक्षा र जीवनस्तर गरी तीन वटा आयामका १० वटा सूचकको अध्ययन गरी गरिबीको मापन गरिने सो सहकारीले जनाएको छ । नेपालमा परम्परागत रूपले गरिँदै आएकोे गरिबी मापन विधिभन्दा फरक भएको बिकु बचतका अध्यक्ष केशवप्रसाद सापकोटाले जानकारी दिए । 

राष्ट्रिय योजना आयोगले हालै तयार पारेको बहुआयामिक गरिबी मापन रुपरेखाको छेत्रभित्र रही सो सर्वेक्षण गरिने उनले बताए । स्वास्थ्यसम्बन्धी दुई, शिक्षाका दुई र जीवनस्तरका छ वटा सूचकको विश्लेषण गरी अध्ययनको निष्कर्ष र सुझावलाई आफ्नो आगामी नीति तथा कार्यक्रममा समाहित गरिने सापकोटाको भनाइ छ । ‘खुशी र सुखी सदस्य’ अभियानलाई सम्पन्न गर्न यस सर्वेक्षणले सहयोग पुग्ने छ । 

‘दिगो विकास लक्ष्य, २०१६’ ले परिलक्षित गरेका गरिबी निवारण, भोकमरी, गुणात्मक शिक्षा, सु–स्वास्थ्य तथा सुखी जीवनयापनलगायतका उद्देश्यलाई योगदान पु¥याउने गरी सो कार्यक्रम तर्जुमा गरिएको विषय विज्ञ तुलसीप्रसाद पौडेलले बताए । गरिबी मापन सर्वेक्षणका लागि संस्थाले आफ्नो कार्यक्षेत्रभित्रका विभिन्न १८ वटा विद्यालयबाट ५० जना विद्यार्थी सर्वेक्षणकर्ताका रूपमा छनोट गरी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रममा संस्थाका उपाध्यक्ष त्रैलोक्यनाथ खरेलले बिकुले आफ्नो सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन सदस्य सन्तुष्टि सर्वेक्षण गर्ने योजना पनि अघि सारेको जानकारी दिए।

विसं २०४८ भदौ ५ गते स्थापना भएको बिकु बचतको हाल ४० हजार शेयर सदस्य, करिब रु तीन अर्ब कूल पूँजी तथा ११ वटा सेवाकेन्द्रमार्फत नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्रमा वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने हालै सहकारी संस्थामा नेपालमै पहिलो पटक एटिएम सेवा पनि सञ्चालन गरिसकेको बिकुका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले बताए । रासस

Logo