काठमाडौं
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सुन आयात बढेको छ । साउन देखि पुस सम्म १४ अर्ब ६५ करोड रुपैयाँको सुन आयात भएको छ । "/>

६ महिनामा १४ अर्ब ६५ करोड रुपैयाँको सुन आयात

६ महिनामा १४ अर्ब ६५ करोड रुपैयाँको सुन आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
चालू आर्थिक वर्षको पहिलो ६ महिनामा सुन आयात बढेको छ । साउन देखि पुस सम्म १४ अर्ब ६५ करोड रुपैयाँको सुन आयात भएको छ । यो आयात गत वर्षको सोही अवधि भन्दा करिब ३० प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा ११ अर्ब ३१ करोड रुपैयाँको सुन आयात भएको थियो । गत वर्षको साउन देखि पुस सम्म दुई हजार ६ सय ५१ किलो सुन आयात भएकामा यस वर्ष सात सय ४९ किलोले बढेर तीन हजार चार सय किलो पुगेको भन्सार विभागले जानकारी दिएको छ ।

सरकारले सुनको कोटा बढाएका कारण पनि आयात बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघका वरिष्ठ सदस्य तेजरत्न शाक्यले जानकारी दिए । ‘गत वर्षको पहिलो ६ महिनामा दैनिक १५ किलो मात्र सुन आयात गर्न पाउने व्यवस्था थियो’, उनले भने, ‘गत फागुन देखि दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरिएको छ ।’ राष्ट्र बैंकले सुन खपत बढी हुने विवाह तथा अन्य साँस्कृतिक पर्वमा कोटा बढाउने गरेको छ । वर्षको करिब ६ महिना निर्धारित कोटा अनुसार र बाँकी महिनामा बढाएको कोटामा नेपालमा सुन आयात हुने गरेको छ ।

सरकारले सुनको कोटा बढाएपछि व्यवसायीले केही सहजताको महसुस गरिरहेका छन् । ‘नपुग हुँदा विकल्प खोज्ने हो’, उनले भने, ‘अहिले निर्धारित कोटा र पुरानो बिक्रीमा आएको सुनबाट बजार जसोतसो धानिरहेको छ ।’ बजार अस्तव्यस्त हुँदा अर्थात् माग अनुसार आपूर्ति व्यवस्था नहुँदा तस्करीले प्रश्रय पाएको थियो । प्रशासनले सतर्कता देखाएपछि तस्करी निरुत्साहित भएका छन् । केही वर्ष अघि नेपाली बजारमा तस्करीको सुन छ्याप्छ्याप्ती थियो । यसको प्रमुख कारण बजार माग अनुसार आपूर्ति नहुनु रहेको शाक्यले बताए ।
अन्नपूर्णबाट

Logo