बनेपा

काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । "/>

निर्वाचन खर्च विवरण बुझाइयो

निर्वाचन खर्च विवरण बुझाइयो

केन्द्रबिन्दु
0
Shares

बनेपा

काभ्रेपलाञ्चोकमा अधिकांश राजनीतिक दलले प्रतिनिधिसभा तथा प्रदेशसभामा भएको निर्वाचनको खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन् । 

नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसका उम्मेदवारले रु १० लाखभन्दा बढी निर्वाचन खर्च लागेको विवरण बुझाएका छन् । 

माओवादी केन्द्रका गंगाबहादुर दोङले प्रतिनिधिसभा क्षेत्र नं १ मा रु २४ लाख ४५ हजार निर्वाचन खर्च लागेको विवरण बुझाउनुभएको छ । प्रतिनिधिसभा क्षेत्र नं २ मा काँग्रेसका मधुप्रसाद आर्चायले रु १६ लाख १६ हजार र प्रतिनिधिसभा क्षेत्र नं २ मा एमालेका उम्मेदवार गोकुल बास्कोटाले रु १५ लाख ८५ हजार खर्च विवरण बुझाउनुभएको छ । 

प्रतिनिधिसभा क्षेत्र नं १ मा काँग्रेसका उम्मेदवार तीर्थबहादुर लामाले रु १५ लाख २३ हजार, क्षेत्र नं १ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार गणेश लामाले रु १४ लाख ९५ हजार तथा एमालेका उम्मेदवार चन्द्रबहादुर लामाले रु ११ लाख ८८ हजार निर्वाचन खर्च विवरण बुझाएका छन् । 

क्षेत्र नं २ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार सुन्दरमणि आर्चायले रु १३ लाख ५६ हजार, एमालेका उम्मेदवार लक्ष्मण लम्सालले रु १२ लाख ६७ हजार, क्षेत्र नं २ प्रदेशसभा (ख) मा काँग्रेसका उम्मेदवार कञ्चनचन्द्र वादेले रु सात लाख ९८ हजार, एमालेका उम्मेदवार वसुन्धरा हुमागाईले रु १३ लाख ८७ हजार, क्षेत्र नं १ प्रदेशसभा (क) मा काँग्रेसका उम्मेदवार चन्द्रबहादुर तामाङले रु १३ लाख ४५ हजार र माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालले रु १४ लाख ४६ हजार खर्च विवरण बुझाएका छन् । 

जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकर पोखरेलले तोकिएको सीमाभित्र नै दलहरुले खर्च गरेको बताउनुभयो । निर्वाचनमा उम्मेदवारी दिएका ५२ जनामध्ये छ जनाले अझै निर्वाचनको खर्च विवरण बुझाएका छैनन् । रासस

Logo