सर्वाधिक डिजिटल पैसाको चोरी

सर्वाधिक डिजिटल पैसाको चोरी

केन्द्रबिन्दु
0
Shares

जापानमा डिजिटल मुद्राको कारोवार गर्ने एक एक्सचेन्चवाट ह्याकरहरुले करोडौं डलर बराबरको मुद्राहरु चोरी गरेका छन् ।

जापानको सबैभन्दा ठुलो डिजिटल मुद्रा कारोबार गर्ने काइनचेन एक्सचेन्जवाट ह्याकरहरुले ५३ करोड ४० लाख डलर वरावरको विट क्वाइन र क्रिप्टोकरेन्सी चोरी गरेका छन् । यो घटना सार्वजनिक भएपछि अहिले उक्त एक्सचेन्ज बन्द गरिएको छ । प्रारम्भिक चरणमा यत्तिको रकम वरावरको चोरी भएपनि एक्सचेन्जले यो रकम अझैं बढ्ने देखेर छानविन थालेको छ ।

यो चोरीको पुष्टि भएमा यो चोरी डिजिटल मुद्राको सर्वाधिक ठुलो मानिने छ । कम्पनीका प्रतिनिधिहरुका अनुसार यो रकमलाई एक्सचेन्जले आफ्ना ग्राहकहरुलाई तिर्न पनि नसक्ने जनाएको छ ।

सन् २०१४ मा पनि टोकियोको एमटिगक्स एक्सचेन्जवाट ४० करोड डलर बराबरको डिजिटल मुद्राहरुको चोरी भएको थियो । यो मुद्रालाई फर्काउन नसकेपछि एटिगक्स बन्द भएको थियो ।

जानकारहरुका अनुसार काइनचेनले आफुसंग रहेको डिजिटल मुद्राहरुलाई हट वालेटमा राखेका थिए । उक्त वालेट इन्टरनेटमा कनेक्ट भएको हुन्छ भने कोल्ड वालेटमा रहेको मुद्राहरु अफलाइन नेटवर्कमा राखिएको हुन्छ । काइनचेनका अनुसार उनीहरुवाट चोरी भएको डिजिटल मुद्रा कहाँ लगिएको छ भन्ने पत्ता लगाउन सकिन्छ । चोरहरुले सर्भरमा छिरेको ८ घन्टा पछि मात्र काइनचेनले चोरी भएको पत्ता लगाएको थियो ।

यसरी चोरी भएको डिजिटल मुद्रा कहाँ कहाँ पुगेको छ भनेर ट्रयाक गर्न सकेको खण्डमा फिर्ता ल्याउन सकिने देखिएको छ । यो समाचार सार्वजनिक भएपछि डिजिटल मुद्राको मुल्यमा गिरावट आएको थियो ।

Logo