दुई कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

दुई कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । आज दुई वटा कम्पनीको हकप्रद सेयर भर्ने अन्तिम दिन हो । 

सिभिल बैकले मङ्सिर २२ गतेदेखि १० बराबर ४ अर्थात ४० प्रतिशतका दरले हकप्रद बिक्रि खुला गरेको थियो । बैंकले पहिले पुष २७ सम्मका लागि हकप्रद भर्न पाउने म्यादलाई थप दिन थप गरि माघ १२ सम्म भर्न मिल्ने बनाएको थियो ।  जस अनुसार आज हकप्रद भर्ने अन्तिम दिन रहेको छ ।  

बैंकले मङ्सिर ४ सम्म कायम शेयरधनीहरुले मात्र हकप्रद भर्न पाउनेछन। बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल, सिभिल बैंकका सम्पूर्ण शाखा कार्यालयहरु, सिभिल क्यापिटल तथा आश्वा सदस्य रहेको जुनसुकै बैंकबाट हकप्रद भर्न सकिने लक्ष्मी क्यापिटलले जनाएको छ।     

बैंकले २ अर्ब ७ करोड रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार ८८.६७५ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । ४० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी ७ अर्ब २५ करोड पुग्नेछ।   

त्यस्तै रिलायन्स फाइनान्स लिमिटेडको पनि हकप्रद भर्ने आज माघ १२ गते अन्तिम दिन रहेको छ ।   कम्पनीले  मङ्सिर २२ गतेदेखि  ४५ प्रतिशत हकप्रद निष्काशन गरेको हो । यस अघि कम्पनीले पुस २७ गतेसम्म हकप्रद भर्न सकिने जनाएकोमा  म्याद थप गरी माघ १२ गते सम्म हकप्रद भर्न सकिने जनाएको थियो  । 

फाइनान्सले २३ करोड ६ लाख बराबरको सय रुपियाँ अंकित २३ लाख ६ हजार ५ सय ७१ दशमलव ६० कित्ता हकप्रद बिक्रि गरिरहेको हो   । हकप्रद निष्काशनको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ  । 

हकप्रद प्रयोजनको लागि कम्पनीले मङ्सिर ८ गते बुक क्लोज तय गरेकाले मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन्  । लगानीकर्ताले उपत्यका भित्र  सनराइज क्यापिटल लिमिटेडको कार्यालय कमलपोखरी र रिलायन्स फाइनान्सको शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन्  ।

Logo