अर्थमन्त्रीले एक खर्ब ढाँटेर बजेट बनाएपछि..

अर्थमन्त्रीले एक खर्ब ढाँटेर बजेट बनाएपछि..

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले चालू आर्थिक वर्षको बजेट एक खर्ब रुपैयाँ गलत तथ्यांक राखेर बनाएको ६ महिनापछि अहिले आएर खुलेको छ । 

यो वर्षको बजेट बनाउँदा अर्थ मन्त्रालयले गत वर्षको बजेटबाट एक खर्ब दुई अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने अनुमान गरेको थियो।

तर, सरकारी खर्चको हिसाब राख्ने महालेखा नियन्त्रकको कार्यालयले हालै निकालेको तथ्यांकले यो वर्ष एक रुपैयाँ पनि बचत भएर आउने अवस्था देखाएको छैन।

गत वर्ष बचत होइन, सरकार उल्टै ४८ अर्ब घाटामा देखिएको छ। महालेखाको पछिल्लो तथ्यांकले बजेट तयारी गर्ने जिम्मेवारी बोकेका अर्थमन्त्री र अर्थ मन्त्रालयको टोलीले एक खर्ब बजेट ‘हचुवा’मा राखेको देखाएको हो।

मुलुकको अर्थतन्त्रको जिम्मेवारी  लिएर बसेको उच्च पदस्थ कर्मचारी र दलका नेताहरूले कतिसम्म हावादारी र गैरजिम्मेवार रूपमा काम गर्छन् भन्ने यो घटनाले पुष्टि गरेको छ।

महालेखाका उपमहायिन्त्रक यदुनाथ भट्टराईले चालू वर्षको बजेटमा गत वर्षको बजेटबाट एक खर्ब दुई अर्ब ७३ करोड रुपैयाँ बचत भई आउने भनिए पनि अवस्था त्यस्तो नदेखिएको जानकारी दिए। ‘गत वर्षबाट एक पैसा पनि ‘क्यारिओभर’ हुने अवस्था छैन’, भट्टराईले भने, ‘सरकार उल्टै ४८ अर्ब घाटामा गएको छ।’ उनका अनुसार यो वर्षसम्मको हिसाब हेर्दा सरकारको घाटा ७२ अर्ब रुपैयाँ पुगिसकेको छ। 

नागरिक दैनिक

Logo