सेयर बजारमा बिमा कम्पनीको साढे ६ अर्ब लगानी

सेयर बजारमा बिमा कम्पनीको साढे ६ अर्ब लगानी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं 

जीवन बिमा कम्पनीहरूले प्राथमिक सेयर बजारमा करिब साढे ६ अर्ब रुपैयाँ लगानी गरेका छन् । चालू आर्थिक बर्ष २०७४-७५ को पहिलो त्रैमासिक अवधिमा कम्पनीहरूले ६ अर्ब ६० करोड रुपैयाँ लगानी गरेको समितिको तथ्यांकमा उल्लेख छ । यो रकम कम्पनीहरूको कुल लगानीको करिव ५ प्रतिशत हो । 

बिमा कम्पनीहरूले अन्य कम्पनीहरूको सेयरमा आफनो कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न पाउने समितिले व्यवस्था गरेको छ । जसमध्ये पब्लिक कम्पनीको साधारण सेयरमा अधिकतम १० प्रतिशतसम्म लगानी गर्न पाउनछन् । त्यस्तै, उत्पादनशील तथा राष्ट्रिय महत्वको क्षेत्रमा ५ प्रतिशत तथा इन्भेष्टमेन्ट कम्पनीमा २ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

समितिले बिमा कम्पनीहरूलाई लगानीको लागी निश्चित क्षेत्र तोकेको छ । जसमध्ये नेपाल सरकारको बचतपत्र तथा ऋणपत्र, वाणिज्य बैंकको मुद्दती निक्षेप, विकास बैकको मुद्दती निक्षेप, नागरिक लगानी कोषमा कम्पनीहरूले अनिवार्य रूपमा लगानी गर्नुपर्नेछ ।

त्यस्तै, स्वच्छिक लगानीको लागि समितिले वाणिज्य बैंकको अग्राधिकार सेयर, वित्त कम्पनीको मुद्दती निक्षेप, अन्य पब्लिक कम्पनीको साधारण र उत्पादनशील तथा राष्ट्रिय महत्वका क्षेत्र तोकेको छ । प्राथमिक सेयरमा ७ वटा कम्पनीले मात्रै लगानी गरेका छन् ।  कारोबार

Logo