काठमाडौं,५,माघ

पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको भाउ बढेपछि उपभोक्ता मूल्यवृद्धि समेत बढेको छ । "/>

हिमालमा ५ प्रतिशत मूल्यवृद्धि : हिमालीक्षेत्र धेरै महँगो

हिमालमा ५ प्रतिशत मूल्यवृद्धि : हिमालीक्षेत्र धेरै महँगो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,५,माघ

पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको भाउ बढेपछि उपभोक्ता मूल्यवृद्धि समेत बढेको छ । पछिल्ला महिनाहरूमा उपभोक्ता मुद्रास्फीतिमा केही चाप पर्न थालेको राष्ट्रबैंकले जनाएको छ । मंसिर ०७३ मा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.८ प्रतिशत रहेकोमा मंसिर ०७४ मा ४.२ प्रतिशत पुगेको हो । अघिल्लो वर्षको तुलनामा समग्र मूल्यवृद्धि बढ्नुमा खाद्य तथा पेय पदार्थ समूहको प्रमुख भूमिका रहेको छ । पेट्रोलियम पदार्थ र निर्माण सामग्रीको मूल्यमा भएको वृद्धिले आगामी दिनमा मूल्यवृद्धि अझ बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा हिमाली क्षेत्र सबैभन्दा महँगो देखिएको छ ।

क्षेत्रगत आधारमा विश्लेषण गर्दा हिमालमा ५ प्रतिशत, पहाडमा ४.८ प्रतिशत, तराईमा ४.३ प्रतिशत र काठमाडौं उपत्यकामा ३.४ प्रतिशत मूल्य वृद्धि रहेको राष्ट्र बैंकको तथ्यांक छ । समीक्षा अवधिमा हिमालीक्षेत्र अन्तर्गत रहेको चन्दननाथ बजार केन्द्रमा भएको उच्च मूल्यवृद्धिका कारणले तुलनात्मक रूपमा अन्य क्षेत्रको भन्दा हिमाली क्षेत्रको मूल्यवृद्धि अधिक रहेको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ पत्रिकाबाट

Logo