काठमाडौं,५,माघ

चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन धान फलेको छ । गत आर्थिक वर्षमा इतिहासकै अत्याधिक धान उत्पादन भए पनि यस वर्ष भने परिमाण केही घटेको छ । "/>

धान उत्पादन साढे ५१ लाख टनः १.५० प्रतिशतले उत्पादन घट्यो

धान उत्पादन साढे ५१ लाख टनः १.५० प्रतिशतले उत्पादन घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,५,माघ

चालू आर्थिक वर्षमा ५१ लाख ५१ हजार टन धान फलेको छ । गत आर्थिक वर्षमा इतिहासकै अत्याधिक धान उत्पादन भए पनि यस वर्ष भने परिमाण केही घटेको छ । कृषि मन्त्रालयका अनुसार गत वर्ष ५२ लाख ३० हजार टन धान फलेकोमा यो वर्ष १.५० प्रतिशतले उत्पादन घटेको हो ।

धान उत्पादनको प्रमुख क्षेत्र मानिने पूर्वी तराईमा आएको डुबानका कारण धानखेत प्रभावित भए पनि धानको उत्पादकत्वमा वृद्धि भएका कारण समग्र उत्पादनमा न्यून मात्रामा कमी आएको कृषि विकास मन्त्रालयले जनाएको छ । “यो वर्ष बाढी, पहिरो र डुबानका कारण धान उत्पादनमा भारी मात्रामा कमी आउने अनुमान गरिएको थियो तर उत्पादकत्व बढेका कारण उत्पादन धेरै घट्न पाएन,” कृषिसचिव डा. सुरोज पोखरेलले भने, “बीउ, मलको समयमै उपलब्धता र समयमा पानी परेकाले पनि धानको उत्पादनकत्वमा वृद्धि भएको हो ।” उनले रोपार्इं कम हुनु, कतिपय क्षेत्रमा ढिलो रोपाइँ हुनु र डुबानका क्रममा बालुवाले धान पुरेका क्षेत्रमा उत्पादन घटेका कारण समग्र उत्पादनमा वृद्धि हुन नसकेको बताए ।
कारोबारबाट

Logo