नेपालमा इन्धनको मूल्य फेरी बढ्यो

नेपालमा इन्धनको मूल्य फेरी बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, ३ माघ ।

इन्धनको मूल्य फेरी बढेको छ । नेपाल आयल निगमले अन्तरराष्ट्रिय बजारमा मूल्य बढेको भन्दै बुधबार नेपालमा पनि इन्धनको मूल्य बढाइएको हो ।

पेट्रोलमा १ रुपैयाँ, डिजेलमा २ र मटितेलमा २ रुपैयाँ मूल्य बढेको निगमले जनाएको छ । यो मूल्य बुधबार राति १२ बजेबाट लागु हुनेछ ।

नयाँ मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१/८१ रुपैयाँ पुगेको छ ।

यसअघि पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।

Logo