किन निकाल्दैछ राष्ट्र बैँकले सय र हजार रुपैयाँको सिक्का ?

किन निकाल्दैछ राष्ट्र बैँकले सय र हजार रुपैयाँको सिक्का ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २ माघ । त्रिचन्द्र कलेज स्थापना भएको १ सय वर्ष पुगेको अवशरमा नेपाल राष्ट्र बैंकले एक सय र एक हजार रुपैयाँको सिक्का निकाल्ने भएको छ ।

मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो ।केन्द्रीय बैंकको सञ्चालक समितिका अनुसार सय र हजार रुपैयाँ दरका ३र३ हजार थान सिक्का निस्कासन हुने छन् ।

१०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुनेछ भने १००० रुपैयाँ दरको चाँदीको हुनेछ । सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको भवनको प्रतिमा हुनेछ । सिक्कामा निस्कासन भएको मिति २०७४ पनि उल्लेख हुनेछ । यो सिक्का चलनचल्तिका लागि भने निस्कासन नगरिएको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

Logo