काठमाडौं,२,माघ

चालू आर्थिक वर्षमा सरकारी खर्च बढाउने योजना कार्यान्वयनमा सरकार असफल देखिएको छ । "/>

पुँजीगत बजेट खर्चको अवस्था निराशाजनक

पुँजीगत बजेट खर्चको अवस्था निराशाजनक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२,माघ

चालू आर्थिक वर्षमा सरकारी खर्च बढाउने योजना कार्यान्वयनमा सरकार असफल देखिएको छ । दुई दशकपछि भएको स्थानीय तहको निर्वाचन र पहिलो पटक ल्याइएको संघीय बजेटको कार्यान्वयन हुन नसक्दा सरकार चालू आवमा पनि अपेक्षित खर्च गर्न असफल देखिएको हो ।

चालू आवको ६ महिना सकिनै लाग्दा पुँजीगत बजेट खर्चको अवस्था निराशाजनक देखिएको छ । चालू आर्थिक वर्ष २०७४,०७५ को मध्यावधी सकिँदा सम्म विकास खर्च जम्मा १४.६ प्रतिशतमा सीमित भएको छ । सरकारले चालू आवका लागि ३ खर्ब ३५ अर्ब रुपैयाँ पुँजीगत बजेट छुट्याएको छ । त्यस मध्ये ६ महिना सकिंदा सम्म १४.६ प्रतिशत अर्थात ४७ अर्ब १२ करोड रुपैयाँ मात्रै खर्च भएको सरकारी तथ्यांकको आयव्यय राख्ने महालेखा कार्यालयले जनाएकोे छ । सरकारले चालू आर्थिक वर्षमा पुँजीगत खर्च बढाउने भन्दै त्यसको कार्यान्वयनका लागि बजेट सूचना प्रणाली (एलएमबीआईए) मा सूचिकृत कार्यक्रमलाई बजेट मार्फत नै अख्तियारीको व्यवस्था गरेको छ । साथै समयमै बजेट खर्च गर्न भन्दै ४५ बुंदे निर्देशन र बजेट तालिका समेत सार्वजनिक गरेको छ । बजेट प्रणालीमा सुधार आए पनि स्थानीय तहमा देखिएको अन्योलले गर्दा बजेट खर्च हुन नसकेको अर्थशास्त्री केशव आचार्य बताउँछन् ।
कारोबारबाट

Logo