यामाहा एफजी २५ ‘राइड आउट’

यामाहा एफजी २५ ‘राइड आउट’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २३ पुस

नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले आफ्नो उत्पादन यामाहा एफजी २५ का राइडरहरुका लागि पहिलो पटक ‘एड्भेन्चरस’ तथा रोमाञ्चक ‘राइड आउट’ आयोजना गरेको छ ।

‘सँगै हाँकौं, सम्बन्ध झन् बलियो बनाऔं,’ नारा रहेको यो राइड काठमाडौंस्थित जेनेसिस क्याफेबाट सुरु भएर प्राकृतिक रुपमा मनोरम धुलिखेलसम्म पुगेको थियो जहाँ राइडरहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरे ।

पाँच समूहमा विभाजन गरिएका २५ जना एफजी २५ राइडरलाई ‘टग अफ वार’, ‘पिकिङ द फ्ल्याग’, ‘आर्म रेस्लिङ’ लगायतका सामुहिक टास्क दिइएको थियो । साथै, उनीहरुलाई ‘पम्प’का प्रोफेसनल ट्रेनरहरुले आत्मरक्षाका उपायहरुको तालिम समेत दिएका थिए । यामाहाको ‘राइड आउट’मा राइडर समिर राना ‘अल्टिमेट स्ट्रिट फाइटर’ घोषित भए ।

‘आजको राइड आउट सुरुवात मात्र हो । भविष्यमा हामी यस्ता धेरै इभेन्टको आयोजना गर्नेछौं जसले राइडरसँग हाम्रो सम्बन्धलाई बलियो र न्यानो बनाउनेछ,’ एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले भन्नुभयो, ‘यामाहा ब्रान्डप्रति तपाईंहरुले गर्नु भएको विश्वासका लागि हामी आभारी छौं । यामाहा मोटरसाइकलले तपाईंलाई उच्च कोटीको राइडिङ अनुभव दिनेछ । तर हामीले तपाईंको सुरक्षा र सुविधालाई कदापी सम्झौता गरेका छैनौं ।’

त्यसैगरी, नेपाली राष्ट्रिय क्रिकेटर तथा यामाहाका ब्रान्ड एम्बेसडर शरद भेषावकरले आफू पनि एफजी२५ को ‘प्राउड राइडर’ भएको बताउनु भयो । ‘म यो बाइकको पर्फोमेन्सदेखि निकै सन्तुष्ट छु । म हरेक बाइकप्रेमीलाई एक पटक एफजी२५ ट्राई गर्न आग्रह गर्छु,’ उहाँले भन्नु भयो ।

यामाहाले दिएको अवसरप्रति एफजी२५ का राइडर खुसी व्यक्त गरे । ‘यामाहाले हामीलाई लाइफ ह्याक मात्र सिकाएन बाइकप्रेमी नयाँ साथी बनाउने अवसरसमेत दिएको छ,’ सहभागी राइडर विकास वाग्लेले भन्नुभयो, ‘यो हाम्रोलाई जीवनभरको स्मरण बन्नेछ ।’ साथै, मोटो भ्लगरद्वय सागर थापा (राइड विथ सागर) र सुमित जंग (टुह्वल एन्ड एड्भेन्चर)ले पनि यामाहा आफूजस्ता ब्लगरप्रति सदा सहयोगी रहेको बताउनु भयो । कार्यक्रमको अन्तमा सबै राइडरहरुलाई ‘यामाहा एम्बेसेडर’ घोषणा गरिएको थियो ।
अत्याधुनिक फ्युल इन्जेक्सन प्रविधि रहेको एफजी २५ मा एयर कुल्ड विथ आयल कुलर, ४ स्ट्रोक, एसओएचसी, २ भल्भ, सिंगल सिलिन्डर भएको २४९ सीसीको शक्तिशाली इन्जिन रहेको छ । मोटरसाइकलमाथि नियन्त्रण सहज यसको वजन कम (१४८ केजी) गरिएको छ । यी विशेषताहरुले एफजी२५ लाई ‘एफजी वल्र्ड’को ‘पावरफुल, मिड–क्लास, स्ट्रिट फाइटर’ बनाएको छ ।

यसमा यामाहाको प्योटेन्टेड ‘ब्लुकोर’ इन्जिन रहेको छ जसले मोटरसाइकलको पर्फमेन्सलाई बढाउनुका साथै इन्धन खपतलाई न्युन गर्छ र यो वातावरणमैत्री बीएस ४ इमिसन स्ट्यान्डार्डमा निर्माण गरिएको छ । एफजी२५ तीन वटा एक्साइटिङ कलर– ‘ब्यालेस्टिक ब्लु’, ‘वारियर ह्वाइट’ र ‘नाइट ब्ल्याक’मा उपलब्ध छ ।

Logo