महिनाको अन्तिम दिन परिसुचकसँगै कारोबार पनि खुम्चियो

महिनाको अन्तिम दिन परिसुचकसँगै कारोबार पनि खुम्चियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, पुस ३० ।

साताको पहिलो दिन नेप्से परिसुचक घटेर बन्द भएको छ । यो महिनाको अन्तिम कारोबार नेप्से ९ दशमलव १९ अंकले घटेर १ हजार ४ सय ३१ दशमलव १० को बिन्दुमा बजार बन्द भएको हो । यसअघि बुधबार नेप्से परिसुचक १५ अंकले घटेको थियो ।

यो सँगै कारोबार पनि खुम्चिएको छ । १५२ कम्पनीको ३२ करोड ८३ लाख ३२ हजार ८१६ रुपैयाँको शेयर खरिदबिक्री भएका छन् । बुधबार १५७ कम्पनीको ३७ करोड ४८ लाखमाथिको शेयर किनबेच भएका थिए, भने मंगलबार पुँजी बजारमा ५० करोड १७ लाख शेयर कारोबार भएको थियो ।

आइतबार बजारमा कारोबार भएको जलविद्युत र अन्य बाहेकका समूह घटेका छन् । सबैभन्दा बढी बीमा समूहमा गिरावट आएको छ । यो समूह ९७ दशमलव ७९ अंकले घटेको छ । त्यस्तै उत्पादन तथा प्रशोद्यन समूह ४८ दशमलव ५१ अंकले, लघुवित्त समूह २६ दशमलव ३ अंकले, होटल समूह २५ दशमलव ९८ अंकले, विकास बैंक २० दशमलव ७९ अंकले, फाइनान्स समूह ९ दशमलव ७६ अंकले र बैंकिङ समूह ८ दशमलव ८ अंकले घटेको छ ।

यसदिनको कारोबारमा कमाउनेमा चिलिमे हाइड्रो पावरका लगानीकर्ता रहेका छन् । यो कम्पनीको शेयर मूल्य ६ दशमलव ९५ अंकले बढेको छ । हकप्रद निष्कासनको अन्तिम चरणमा रहेको बुटवल पावरको शेयर मूल्य ५ दशमलव ०४ अंकले बढेको छ । त्यस्तै कुवेर मर्चेन्ट फाइनान्सका लागानीकर्ताले ६ दशमलव २९ प्रतिशतले गुमाएका छन् ।

Logo