काठमाडौं, २९, पुस
केन्द्रीय तथ्यांक विभागले आगामी वैशाख १ गते देखि पहिलो पटक आर्थिक गणना गर्ने तयारी अगाडि बढाएको छ । "/>

पहिलो आर्थिक गणना आगामी वैशाख देखि

पहिलो आर्थिक गणना आगामी वैशाख देखि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं, २९, पुस
केन्द्रीय तथ्यांक विभागले आगामी वैशाख १ गते देखि पहिलो पटक आर्थिक गणना गर्ने तयारी अगाडि बढाएको छ । विभागले चालु आव ०७४/७५ को अन्त्य सम्म आर्थिक गणना पूरा गरी सार्वजनिक गर्ने तयारी गरिएको विभागका महानिर्देशक सुमनराज अर्यालले जानकारी दिए । तथ्यांक ऐन ०१५ को व्यवस्थानुसार सरकारका तर्फबाट तथ्यांक संकलन गर्दा सरोकार भएकाहरुलाई जानकारी दिनु पर्ने भएकाले हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ‘आर्थिक गणना’ गर्ने निर्णय गरेको थियो ।

गणनामा मुलुकभरका ७७ जिल्लाका ७५३ स्थानीय तहमा सञ्चालित आर्थिक क्रियाकलाप गर्ने सबै एकाइबाट तथ्यांक संकलन गरी त्यसको वास्तविक अवस्था पत्ता लगाइन्छ । यस अघि पनि आर्थिक गणनाको विषय पटक पटक उठे पनि कार्यान्वयन हुन भने सकेको थिएन ।
रासस

Logo