अग्निमोटो इन्क द्वारा पोखरामा मोजो ३०० सि.सि. बाइकको विक्रि प्रारम्भ

अग्निमोटो इन्क द्वारा पोखरामा मोजो ३०० सि.सि. बाइकको विक्रि प्रारम्भ

केन्द्रबिन्दु
0
Shares

पोखरा, पुस २८ गते ।

महिन्द्रा ग्रुपको महिन्द्रा टु ह्विलर्सको आधिकारीक वितरक अग्नि ग्रुप/अग्नि मोटो इन्कले वहु प्रतिक्षित मोजो बाइक विक्रि प्रारम्भ गरेको छ ।

कम्पनीले पोखरामा आफ्नो आधिकारीक विक्रेता एसियन अटो मोबाइलस् माफर्त विक्री प्रारम्भ गरेको जनाएको हो । राष्ट्रिय औद्योगिक व्यापार मेला २०७४ को अवसर मा पौष २७ गतेका देखि सुभारम्भ गरिएको छ ।

मेला अवधिभर खरिद गर्नुहुने प्रथम केही ग्राहक हरुलाई अग्निमोटो इन्कले अफिसियल मोजो ज्याकेट प्रदान गरिने भएको कम्पनीले बताएको छ । महिन्द्राको मोजोले आफ्नो उच्चक्षमता, स्टाइल तथा गुणस्तरीयता प्रदर्शन गर्ने विश्वास लिइएको छ ।

साहसिक, मजेदार Predator स्टाइलिङ्ग सहितका masculine डिएनए भएको महिन्द्रा मोजोमा लिक्यिड कुल ३०० सिसि इन्जिन रहेको छ । EFI सिलिन्डर इन्जिन जसले २७bhpको उच्चतम क्षमता तथा ३०Nmको टर्ग क्षमता प्रस्तुत गर्दछ ।

MOJO मा उच्च टरसिनल रिजिडिटि भएको ट्वीन ट्यूब फ्रेम, इन्भर्टेड फ्रन्ट फोर्क, रिजिड ट्रिपल क्ल्याम्प् माउन्टिङ, हाई प्रेसर ग्यास–चार्ज भएको अफसेट रियर मोनो शक्स र सेपरेटर फ्लोटिङ्ग पिस्टन रहेको छ । अन्तर्राष्ट्रिय साझेदारीका साथनिर्माण गरिएको यो बाइले बाइकपारखीहरुलाई उच्चतम अनुभव प्रदानगर्ने छ ।

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुपले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीयकार तथा जेनेरेटरहरु विक्री वितरण गर्दै आएको छ ।

Logo