काठमाडौं,२७, पुस
प्रभावकारी योजना निर्माण गरी त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा मुलुकको व्यापार घाटा बढ्दो अवस्थामा रहेको छ । "/>

व्यापार घाटा दैनिक रुपमा उकालो लाग्दै

व्यापार घाटा दैनिक रुपमा उकालो लाग्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२७, पुस
प्रभावकारी योजना निर्माण गरी त्यसलाई कार्यान्वयनमा ल्याउन नसक्दा मुलुकको व्यापार घाटा बढ्दो अवस्थामा रहेको छ । आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको ठोस खाका बन्नै नसक्दा मुलुक माथि आयात व्यापारको भार बढ्दै गएको हो । सरकारी तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७४/७५ को चार महिना सम्ममा कुल वस्तु निर्यात ७ दशमलव ५ प्रतिशतले वृद्धि भई २६ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा १७ प्रतिशतले वृद्धि भएको थियो । यस अवधिमा भारततर्फ २ प्रतिशत, चीन तर्फ ३३ दशमलव ५ प्रतिशत र अन्य मुलुकतर्फ १३ दशमलव ३ प्रतिशतले निर्यात बढेको छ ।

जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात व्यापारमा भने निराशा जनक स्थिति देखिएको छ । तथ्यांक अनुसार वस्तुगत आधारमा पशु आहार, धागो, वनस्पति घिउ, तयारी पोसाक लगायतका वस्तुको निर्यात बढेको छ भने जुस, अलैंची, जीआई पाइप, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ । यस अवधिमा कुल वस्तु आयात १० दशमलव ८ प्रतिशतले बढेर ३३४ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ८७ दशमलव ४ प्रतिशतले बढेको थियो ।

सरकारी प्रतिवेदन अनुसार यस अवधिमा भारतबाट भएको आयात १२ दशमलव २ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १७ दशमलव ४ प्रतिशतले बढेको छ भने चीनबाट भएको आयात ४ दशमलव ८ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, एमएस बिलेट, यातायातका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कृषिजन्य उपकरण, विद्युतीय सामान, रासायनिक मल लगायतका वस्तुहरूको आयात घटेको छ ।
राजधानीबाट

Logo