जुम्ला, २६ पुस ।   जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता पाएका छैनन्।

गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब दिन नसकेको जनाएको छ। "/>

शिक्षकले दोस्रो चौमासिकको तलब पाएनन्, गाउँपालिका भन्छ- बजेट छैन

शिक्षकले दोस्रो चौमासिकको तलब पाएनन्, गाउँपालिका भन्छ- बजेट छैन

केन्द्रबिन्दु
0
Shares

जुम्ला, २६ पुस ।  जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कार्यरत शिक्षकले दोस्रो चौमासिकको तलब भत्ता पाएका छैनन्।

गाउँपालिकाले शिक्षकको तलबको स्रोत जुटाउन नसकेकाले तलब दिन नसकेको जनाएको छ। दोस्रो चौमासिकको तलब लिन नपाउँदा शिक्षकले आफू मर्कामा परेको बताएका छन्। बर्सेनि दोस्रो चौमासिक तलब भत्ता पुसको दोस्रो साताभित्र बुझ्ने गरे पनि यो वर्ष गाउँपालिकाले झन्डै फागुनतिर मात्र तलब पाउने बताएपछि समस्यामा परेको कोइलीचरी मावि, लुमगाउँका शिक्षक मानबहादुर सिंहले बताए।

‘सरकारले ७ महिनाअघि शिक्षकलाई निजामती कर्मचारीलाई झैँ मासिक तलब दिने कुरा अखबारमा आएको थियो, आखिर ७ महिनापछि चौमासिक तलब खानसमेत पाउने अवस्था आएन,’ शिक्षक सिंहले भने।

जिल्ला शिक्षा अधिकारी नारायणकृष्ण श्रेष्ठले विनियोजन विधेयकले एक तिहाइ तलव मात्र खुवाउने भनेकाले शिक्षकलाई तलब दिन समस्या भएको बताए। ‘यो समस्या जिल्लाका आठै स्थानीय तहमा छ, चैतमा सोधभर्ना गर्नेगरी विभिन्न शीर्षकबाट मिलाएर अन्य स्थानीय तहले खुवाएको र कनकासुन्दरीले त्यसो नगरेको हुनसक्छ,’ जिशिअ श्रेष्ठले भने। 

उनका अनुसार स्थानीय तहको पहिलो अभ्यास र गाउँपालिका अनुसारका शिक्षकको सबै तहको तथ्यांक अध्यावधिक नभएकाले अहिले यो समस्या देखिए पनि आगामी वर्ष व्यवस्थित हुनेछ। 

शिक्षकले प्रत्येक चौमासिकको तलब बेलैमा पाउन नसक्नुको कमजोरी गाउँपालिकाको नभई मन्त्रालयको भएको कानकासुन्दरी गाउँपालिकाका स्रोत व्यक्ति नारायण चौलागाईंले बताए। चौलागाईंले भने, ‘यो गाउँपालिकाका जम्मा २६ विद्यालयका १ सय ७ शिक्षक समस्या परेका छन्।’

पहिलो चौमासिकमा पनि ४१ लाख रुपैयाँ अपुग हुँदा मिलाएर तलब वितरण गरेको उनले जानकारी दिए। अहिले तलब खुवाउन १ करोड ८१ लाख रुपैयाँ आवश्यक पर्नेमा ३१ लाख रुपैयाँ अपुग रहेको उनको भनाइ छ। 

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले शिक्षकको समस्यालाई बेलैमा सम्बोधन गर्ने प्रयास भएको जनाएका छन्।

अपर्याप्त बजेट निकासाका कारण पहिलो चौमासिकसहित दोस्रो चौमासिकमा यही समस्या बल्झेको उनी बताउँछन्। रासस

Logo