बुटवल,२६,पुस
बुटवलबाट पाल्पाको नुवाकोटगढी सम्म केबलकार सञ्चालन हुने भएको छ । बुटवलको देउरालीबाट नुवाकोटगढी सम्म करिब १ अर्ब रुपैयाँको लगानीमा केबलकार निर्माण हुन लागेको हो। "/>

बुटवलमा पनि केबलकार सञ्चालनको तयारी

बुटवलमा पनि केबलकार सञ्चालनको तयारी

केन्द्रबिन्दु
0
Shares

बुटवल,२६,पुस
बुटवलबाट पाल्पाको नुवाकोटगढी सम्म केबलकार सञ्चालन हुने भएको छ । बुटवलको देउरालीबाट नुवाकोटगढी सम्म करिब १ अर्ब रुपैयाँको लगानीमा केबलकार निर्माण हुन लागेको हो। २ दशमलव शून्य ९ किलोमिटर लामो केबलकार निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । केबलकारको निर्माण यसै वर्ष शुरू हुने प्रवद्र्धक सिद्धार्थ केबलकारले जनाएको छ।

सरोकारवाला पक्षका प्रतिनिधि सहितको विषेश भेलाले केबलकार सञ्चालनका लागि समितिबाट आवश्यक जग्गा उपलब्ध गराउने सम्बन्धमा सहमति प्रदान गर्ने र सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको थियो। भेलामा वन उपभोक्ता समितिका पदाधिकारी, बुटवल उपमहानगरपालिका वडा नं. १ र २ का वडाअध्यक्ष सहितको उपस्थिति रहेको सो भेलाले उक्त निर्णय गरेको हो।

सन् २०२० को जनवरी सम्म निर्माण सम्पन्न हुने केबलकारमा प्रत्यक्ष ६० जना र अप्रत्यक्ष १ सय ५० जना भन्दा बढीले रोजगारी प्राप्त गर्ने कम्पनीका कन्सल्ट्यान्ट एवं रोपवे नेपाल प्रालिका अध्यक्ष गुणराज ढकालले बताए । चार महिनापछि निर्माण शुरू हुने केबलकार निर्माण कार्य १८ महिनामा सम्पन्न गर्ने ढकालको दाबी छ ।
नेपाल समाचारपत्रबाट

Logo