काठमाडौं,२४,पुस
वित्तीय प्रणालीमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको छ । पुसको पहिलो साता तिर ५ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर आइतबार सम्ममा २.९७ प्रतिशतमा झरेको हो । "/>

अन्तरबैंक दर ३ प्रतिशत तल बजारमा ५१ अर्ब तरलता

अन्तरबैंक दर ३ प्रतिशत तल बजारमा ५१ अर्ब तरलता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,२४,पुस
वित्तीय प्रणालीमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको छ । पुसको पहिलो साता तिर ५ प्रतिशतको हाराहारीमा रहेको अन्तरबैंक ब्याजदर आइतबार सम्ममा २.९७ प्रतिशतमा झरेको हो । बजारमा तरलता बढ्दै गएपछि अन्तरबैंक ब्याजदर करिडोरको तल्लो बिन्दु भन्दा पनि तल झरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले जानकारी दिए ।

अहिले वित्तीय प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता रहेको पनि कार्यकारी निर्देशक थापाले जानकारी दिए । ‘अनिवार्य नगद मौज्दात अनुपात (सिआरआर) बाहेक नै बजारमा ५१ अर्ब रुपैयाँ तरलता छ,’ थापाले बताए, ‘प्रणालीमा तरलता रहेकै कारण अन्तरबैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको हो । कुनै–कुनै बैंकले त एक–आपसमा २ प्रतिशत सम्ममा पनि कारोबार गरिरहेको जानकारी उनले दिए ।

बैंकरहरूले भने लगानी योग्य तरलताको अझै अभाव रहेको बताएका छन् । राष्ट्र बैंकले प्रवाह गरेको तरलताले सिआरआर कायम गर्न सहज मात्रै भएको उनीहरूको भनार्इ छ । अन्तरबैंक कारोबार छोटो समयका लागि मात्रै भएको यसको ब्याजदरले बजारमा तलरता अधिक भएको मान्न नसकिने लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् ।
नयाँपत्रिकाबाट

Logo